FLASH NEWS
- Loading...
निश्चित व्यापारीलाई फाइदा पुग्ने गरी सुपारी आयात पुकुवा गरीएको भन्दै छानवीन सुरु
- कृषि टि.भी.
- २ साल अघि
- २१ पटक पढिएको


सुपारीमा लगाइएको परिमाणात्मक बन्देज हटाई निश्चित व्यापारीलाई फाइदा पुग्ने गरी आयात अनुमति दिइएको भन्दै राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिअन्तर्गतको उपसमितिले छानबिन थालेको छ । कार्यविधि वा मापदण्ड नबनाई आफूले चाहेको व्यापारीलाई आयात अनुमति दिइएको भन्दै उपसमितिले छानबिन थालेको हो । उपसमितिले भन्सार विभागलाई पत्र पठाएर तत्काल सुपारी आयात रोक्न भनेको छ । मन्त्रिपरिषद्ले गत फागुन २५ मा चालु आर्थिक वर्षमा २५ हजार टन सुपारी आयात गर्ने अनुमति खुला गरेको थियो । मन्त्रिपरिषद्को निर्णयले सीमित व्यापारीलाई फाइदा पुग्ने भन्दै छानबिन सुरु भएको हो ।।


प्रतिक्रिया दिनुहोस
