FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बालापुरका ७० घरपरिवारलाई वंगुरका पाठापाठी वितरण

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३५ पटक पढिएको
    बालापुरका ७० घरपरिवारलाई वंगुरका पाठापाठी वितरण

    शिवा शार्मा, बर्दिया । बर्दिया जिल्लाको गुलरिया नगरपालिका ५ बालापुरमा थारु जातिका ७० घरलाई लक्षित गरी बंगुर मिसन कार्यक्रम संचालन गरीएको छ । सो कार्यक्रम अन्र्तगत ७० घरलाई १ सय १ वटा वंगुरका पाठापाठी वितरण गरिएको छ ।

    बर्दिया जिल्लामा कारितास नेपालले र्वल्ड रिन्यू को आर्थिक सहयोगमा गुलरिया नगरपालिका–५ बालापुरमा थारु जातिका महिलाहरुको २ वटा समुह हरियालि कृषक समुह र नमुना कृषक समुह गठन गरी ७० घरलाई लक्षित गरेर बंगुर मिसन कार्यक्रम संचालन गरेको हो । जिल्लामा कृषि र पशुपालन क्षेत्रमा लामो समय देखी काम गरीरहेका किसानलाई लक्षित गरेर कार्यक्रम संचालन गरेको छ । सो कार्यक्रम अन्र्तगत ७० घरमा १०१ वटा बंगुरका पाठापाठि वितरण गरिएको छ । बंगुर उत्पादन गर्ने र उत्पादन भएका बंगुरको बिक्रि वितरण गरी निम्न आय भएका विपन्न परिवारहरुको आर्थिक अवस्था उकास्ने उदेश्यले कार्यक्रम संचालन भएको हो । आर्थिक सहयोग स्वरुप चार वटा वंगुरका पाठापाठी पाएपछि शोभा थारु खुसी देखिन्छीन् । उनी जस्तै सहयोग स्वरुप वंगुरका पाठापाठी पाएका अरु कृषहरुपनि दङग छन् । बंगुपालनबाट आर्थिक अवस्था बढ्ने र परिवार चलाउन सहज हुने उनीहरुको भनाई छ ।

    जीविको उपार्जन कार्यक्रम वल्र्ड रिन्यूको आर्थिक सहयोगमा कारितास नेपालले गुलरिया नगरपालिका–५ बालापुर गाँउमा २ वटा समुह हरियाली कृषक समुह र नमुना कृषक समुह बनाएर बंगुरका पाठापाठी वितरण गरेको हो । यस्ता कार्यक्रमले विपन्न बर्गको आर्थिक स्तरमा टेवा पुग्ने अपेक्षा कारितास नेपालको छ ।

    उक्त कार्यक्रम संचालनमा कारितास नेपालले बंगुरपालन समुहलाई ३ लाख ८५ हजार अनुदान सहयोग गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित