FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • असिनाले हेलम्बु गाउँपालिका नकोतेमा लगाइएका पाँच हजार किवीका विरुवा नष्ट

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३६ पटक पढिएको
    असिनाले हेलम्बु गाउँपालिका नकोतेमा लगाइएका पाँच हजार किवीका विरुवा नष्ट

    बिहीबार परेको असिना पानीले हेलम्बु गाउँपालिका वडा नं १ मा लगाइएको किवी लागयतका विभिन्न अन्नबाली नष्ट गरेको छ । ९० प्रतिशत किवीका विरुवा नष्ट भएका छन् भने मकै र आलुमा पनि ठूलो क्षति पुगेको छ । आधा घण्टा भन्दा बढी परेको असिनाले करिब चार पाँच हजार किवी विरुवा नष्ट भएका छन् । करिब २० लाखको किवी नष्ट भएको बताइएको छ । हेलम्बु गाउँपालिका वडा नं १ नकोतेमा करिब सय घरधुरी छन् । भने सबैले व्यवसायिक किवी खेती गरीरहेका छन् । फुल फुल्न लागेको समयमा आएका हावाहुरी र असिनाले अन्य बालीमा सामान्य क्षति पुगेपनि किवीखेतीमा भने ठुलो क्षति भएको छ । स्थानीय तहमार्फत क्षतिपूर्तिको लागि पहल गर्ने किसानहरुले बताएका छन् । विगत आठ वर्षदेखि हेलम्बु नकोतेमा किवी खेती हुँदै आएकोछ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित