FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • राजनीतिसँगै व्यवसायिक पशुपालनमा सभासद कबिराम थारु

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३५ पटक पढिएको
    राजनीतिसँगै व्यवसायिक पशुपालनमा सभासद कबिराम थारु

    शिवा शार्मा, बर्दिया । बर्दिया जिल्लाको संघिय निर्वाचन क्षेत्र न. १ का सभासद समेत रहेका कबिराम थारु अहिले व्यवसायिक गाईपालनमा लागेका छन् । कृषिमा केही योगदान गर्ने सोचका साथ उनी व्यवसायीक पशुपालनमा लागेका हुन् ।

    उनी हुन् कबिराम थारु । बर्दिया जिल्लाको संघिय निर्वाचन क्षेत्र नं १ क बाट नेकपा एमालेको लुम्बिनी प्रदेश सभाका निर्वाचित संभासद समेत रहेका थारु अहिले गाईपलान व्यवसायमा व्यस्त छन् । उमेरले ५९ बर्ष पुगेका सभांसद कबिराम थारु बढैयाताल गाउँपालिका वडा नं ७ बोगटिया गाउँका हुन् । बोगटिया गाउँमा थारु जातिको बाहुल्यता रहेको छ । अधिकासं पशुपालन र कृषि व्यवसायमा आवद्ध छन् । सभासद कबिराम थारुका पुर्खाहरु सबै कृषि पेशामा आवद्ध भएकाले उनीपनि सानै देखी कृषि पेशामा नै आवद्ध रहेकाले सभासदमा निर्वाचित भए पनि कृषि पेशा छाडेका छैनन् । विगत सात बर्षदेखि व्यवसायिक रुपमा गाईपालन गरेका साभांसद कबिराम थारुको दैनिकी गाईको स्याहर गर्दै वित्छ । दैनिक ४० देखि ५० लि. दुध उत्पादन गरी बार्षिक करिव ८ लाखसम्म आम्दानी गर्न सफल भएको उनको भनाई छ ।

    सभासद कबिराम थारुले आफुले कुनै पनि किसिमको सरकारी अनुदान नलिएको र आगामि दिनमा पनि नलिने बताएका छन् । उनले अर्गानिक उत्पादनमा जोड दिदै पशुपालनबाट खेतिपातिमा पनि अर्गानिक उन्नतखालको उत्पादन हुने र आर्थिक सहयोग पनि हुने हुनाले सबैले व्यवसायिक कृषिमा लाग्नु पर्ने बताए । समाज सेवा गर्न राजनीति र पैसा कमाउन व्यवसाय गर्नुपर्ने उनको भनाई छ ।

    सभासद कविराम थारुको फार्ममा अहिले २१ वटा गाई र बाछाबाछी छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित