- Loading...
कोरोना कहरः बारीमै कुहियो टमाटर, खोटाङका किसान चिन्तित
- कृषि टि.भी.
- २ साल अघि
- २६ पटक पढिएको


खोटाङ्कको रावाबेशि गाउँपालिका एक कुभिन्डेमा नबराज रेग्मिले लगाएको टमाटर बारिमै कुहिएको छ । कोरोनाका कारण स्थानिय बजारमा टमाटरको माग घटेसँगै तिन ओटा टर्नेलमा लगाएको टमाटर बारिमै कुहिएर नष्ट हुने अवस्थामा पुगेको हो ।

कृषक नबराज रेग्मिले तिन ओटा टर्नेलमा लगाएको टमाटर बारिमै बारिमै कुहिएर नष्ट हुन थालेको छ । कोरोनाले स्थानिय बजारलाइ नै प्रभाबित बनाउँदा टमाटर लगायतका कृषि उत्पादनको बजारिकरणमा समस्या भएको रेग्मिले बताउनुभयो । गाउँपालिकाको पहलमा कुभिन्डेमै स्थानिय हाटबजार सञ्चालनमा आएपनि गाउँका सबैले घरघरमै आफुलाइ चाहिने तरकारि फलाउने हुँदा व्यवसायिक रुपमा तरकारि खेति गर्नेको हाल आफनोजस्तै भएको उहाँको भनाइ छ । रावाबेशि गाउँपालिका कृषि उत्पादनका हिसाबले खोटाङ्ककै उत्कृष्ट गाउँपालिकामा गनिन्छ ।
यहाँ उत्पादित कृषि उपज यहाकै स्थानिय बजार दिक्तेल, एैँसेलुखर्क र बाक्सिलामा खपत हुने गरेको छ तर स्थानिय बजारमा मात्रै यहाको उत्पादन खपत हुन सक्दैन । जसका कारण बर्षेनि लाखौको कृषि उत्पादन खेर जाने गरेको छ । स्थानिय प्रशाशनले जिल्लामा उत्पादन भएका कृषि उपज जिल्ला बाहिर सप्लाइ गर्न पहल गरेता पनि भौगोलिक बिकटताका कारण यातायातको समस्या हूदा कृषि उत्पादनले राम्रो बजार पाउन सकेको छैन ।




