FLASH NEWS
- Loading...
टोखा नगरपालिकाका किसानलाई कृषि सामग्री वितरण
- कृषि टि.भी.
- २ साल अघि
- २१ पटक पढिएको


टोखा नगरपालिकाले किसानलाई कृषि सामग्री वितरण गरेको छ । टोखाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पकेट कार्यक्रमबाट आएको २५ लाख र टोखाको कृषि शाखाबाट विनियोजन गरिएको २५ लाख गरी ५० लाख रुपैयाँ बराबरको कृषि सामग्री वितरण गरेको हो ।

नगरपालिका प्रमुख प्रकाश अधिकारीले कृषकलाई २ वटा तालिमसहित औजार र दाना वितरण गरिएको जानकारी दिनुभयो। टोखाले आधुनिक प्रविधि अपनाएर गाईको दूध दुहुने मेसिन, गाईलाई बस्नका लागि ओछ्याउने म्याट, गोठ सफा गर्ने भ्याकुम मेसिन, चेस्ट फ्रिजर, हिलटेक ट्यांकी र दाना वितरण गरेको छ ।
टोखाले पशुपालन गर्ने कृषकलाई हौसला बढाउँदै व्यावसायिक बनाउन र उनीहरूलाई आधुनिकीकरणमा लैजान प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा कृषि औजार सामग्री वितरण गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
