FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • हेटौँडाको विजय राइस मिललाई जरिवाना

    • कृषि टि.भी.
    • २ साल अघि
    • २२ पटक पढिएको
    हेटौँडाको विजय राइस मिललाई जरिवाना

    हेटौँडा उपमहानगरपालिका–२ डेहम्बी हाइटमा सञ्चालनमा रहेको विजय राइस मिललाई ५० हजार जरिवाना गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको नेतृत्वमा रहेको अनुगमन टोलीले आज खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको अनुज्ञा पत्र विना व्यवसाय सञ्चालन र अरूको ब्रान्डलाई पुनः प्याकिङ गरी बिक्री÷वितरण गरेको भन्दै अनुगमनस्थलमा नै जरिवान गरिएको हो ।

    उक्त मिललाई जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपमहानगरपालिका र मकवानपुर उद्योग वाणिज्य सङ्घको संयुक्त अनुगमन टोलीले अन्य उद्योगको ब्रान्डलाई पुनः प्याकेजिङ गरी आफ्नो उत्पादन बनाएर बिक्री÷वितरण गरेको र खाद्य वस्तु अस्तव्यत अवस्थामा अखाद्य वस्तुसँगै राखेको, उद्योगको बोर्ड नराखेको र उत्पादत वस्तुमा उपभोग मिति उल्लेख नगरेका कारण जरिवाना गरिएको सहायक प्रजिअ शर्माले बताए ।

    उक्त मिललाई जरिवाना बुझाउन र थप सुधारका काम गर्न सात दिनको समय दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित