FLASH NEWS
- Loading...
कोरोना कहरमा कृषको मनोबल बढाउन सरकारले कार्यक्रम ल्याउनुपर्नेमा डेरी एसोसिएसनको जोड
- कृषि टि.भी.
- २ साल अघि
- ३१ पटक पढिएको


नेपाल डेरी एसोसिएसनले कोरोना महामारीमा पनि आफनो ज्यानको प्रवाह नगरी दिनरात काममा लाग्ने सबैको मनोबल बढाउन सरकारले कार्यक्रम ल्याउनुपर्ने बताएको छ । दूध अती आवश्यक बस्तु भएको र समयमा गन्तव्यमा पुर्याउन नसक्दा खेर जाने हुँदा ढुवानीको समयमा कुनै पनि अवरोध नगर्न पनि अनुरोध गरेको छ । दुध धेरै दिन भण्डार गरेर राख्न पनि समस्या हुने र धुलो दुध, बटर गत सालकै टन्नै स्टक भएकोले अहिले देशैभर दैनिक ६० प्रतिशत बजार घटेको एसोसिएसनले बताएको छ । कोरोनाका कारण उद्योगले उत्पादन गरेको धुलो दुध र बटर स्टक रहदाँ चालु पुँजी रोकिएको अवस्थामा किसाहरुलाई पनि भुक्तानी दिन नसकिएको जनाउँदै सरकारले स्टक सामान बराबर उद्योगलाई कर्जा उपलब्ध गराउनुपर्ने माग गरेको छ ।।


प्रतिक्रिया दिनुहोस
