- Loading...
खडेरीले बालीनाली सुकेपछि बर्दाघाटका किसान समस्यामा
- कृषि टि.भी.
- २ साल अघि
- २१ पटक पढिएको


खडेरिले गर्दा बालिनालि र रोपेको घाँस सुकेपछि नवलपरासि बर्दघाटका किसान समस्यामा परेका छन । सिचाँइ तथा पशुपालनका लागि नगरपालिकाले पानिको व्यवस्था गर्न आनाकानि गरेपछि किसानलाइ झन चिन्ता थपिएको छ ।

नवलपरासि बर्दघाट नगरपालिका वडा नं १० का रामकृष्ण गौतम बिगत लामो समयदेखि पशुपंक्षि पालन सँगै घाँस खेति गर्दै आएका छन । कृषि पेशाबाटै आफ्नो दैनिकि धान्दै आएका उनको अब भने दैनिकि असहज भएको छ । खडेरिले गर्दा पानिको मुल सुकेपछि केहि रोपनि जग्गामा लगाएको घाँसखेति पनि बारिमै बिलाएको छ ।
पानिको समस्याले गर्दा उनले पालेका पशुपंक्षिलाई पानि खुवाउन समेत पाएका छैनन । उनले स्थानिय प्रशाशन बर्दघाट नगरपालिकालाइ बोरिङबाट पानिको ब्यबस्था गरिदिन कैयौ पटक आग्रह गरे तर नगरपालिकाका जनप्रतिनिधिहरुले सुनेको नसुन्यै गरिरहेका छन । उनले मात्र हैन कृषि टेलिभिजनबाट फोन गरेर सत्यतथ्य बुझन खोज्दा समेत बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्यालले फोन नै रिसिभ गर्नुभएको छैन । रामकृष्ण गौतम मात्र हैन यो क्षेत्रका सबै किसानले यस्तै समस्या झेलिरहेका छन । कृषकका नाममा सरकारले बर्षेनि अरबौँ रकम छुटयाएपनि स्थानिय जनप्रतिनिधिका बेवास्ताका कारण कृषि क्षेत्र झन धरासायि बन्दै गइरहेको छ ।

