FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • दैनिक उपभोग्य वस्तु ३ महिनाका लागि मौज्दात छः वाणिज्य विभाग

    • कृषि टि.भी.
    • २ साल अघि
    • २८ पटक पढिएको
    दैनिक उपभोग्य वस्तु ३ महिनाका लागि मौज्दात छः वाणिज्य विभाग

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तु ३ महिनाका लागि मौज्दात रहेको बताएको छ । चामल, दाल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्य वस्तुहरु पूर्णरुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी बजारमा मौज्दात रहेको बताएको हो । विभागले उपभोग्य खाद्यवस्तुको आपूर्ति सहज रुपमा भइरहेको जनाउँदै उपभोक्तालाई आवश्यकता भन्दा बढी खरिद गरी सञ्चय नगर्न पनि आग्रह गरेको छ । साथै, दैनिक उपभोग्य वस्तुको आयातमा कुनैपनि प्रकारको समस्या नभएको पनि बताएको छ । महामारीको समयमा उपभोग्य वस्तुको अस्वभाविक मूल्यबृद्धि गराउनेलाई कारबाही गरिने पनि जनाएको छ । निषेधाज्ञामा पनि बजारको अवस्थाको बारेमा दैनिक रुपमा अनुगमन गरेको विभागको दाबी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित