FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बागमती प्रदेशका १३ वटै जिल्लामा शीत भण्डार निर्माण

    • कृषि टि.भी.
    • २ साल अघि
    • २८ पटक पढिएको
    बागमती प्रदेशका १३ वटै जिल्लामा शीत भण्डार निर्माण

    बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका १३ वटै जिल्लामा व्यावसायिक कृषकलाई लक्षित गरी शीत भण्डार निर्माण थालेको छ । स्थानीय सहकारी संस्थासँगको साझेदारीमा मन्त्रालयले शीत भण्डार निर्माणको काम अघि बढाएको हो । मन्त्रालयको ७० प्रतिशत र सहकारीको ३० प्रतिशत लगानीमा शीत भण्डार निर्माण भइरहेको मन्त्रालयले जनाएको छ । चितवनको खैरहनी नगरपालिका, धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका, रसुवाको कालिका गाउँपालिका, सिन्धुलीको सुनकोसी गाउँपालिका, सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका, सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिका, दोलखाको जिरी नगरपालिका, रामेछापको मन्थली नगरपालिका, नुवाकोटको बिदुर नगरपालिका, रनुवाकोटकै बेलकोटगढी नगरपालिकामा शीत भण्डार निर्माण भैरहेको छ । अधिकांश शीत भण्डार निर्माणको काम अन्तिम चरणमा पुगेको र केहीको भने करिब ६० प्रतिशत काम सम्पन्न भएको प्रदेशले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित