FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • किसानको घरघरमा पुगेर बली परीक्षणः बेलबारी नगरपालिका

    • कृषि टि.भी.
    • २ साल अघि
    • २१ पटक पढिएको
    किसानको घरघरमा पुगेर बली परीक्षणः बेलबारी नगरपालिका

    बेलबारी नगरपालिकाले किसानको घरघरमा पुगेर बली परीक्षण गरेको छ । कोरोनाको महामारीबाट पीडित किसानलाई थारै भए पनि राहात मिलोस् भनेर बाली परीक्षण थालीएको नगरपालिकाले जनाएको छ ।

    कृषकहरूले लगाएको विरुवा तथा बालीमा किरा लाग्ने, फलफूल पाक्नु अघि नै झर्ने, बाली नसप्रने आदि समस्या देखिए पछि बेलबारी नगरपालिकाले गाउँगाउँमै कृषि वैज्ञानिक पठाएर परीक्षण सुरु गरेको हो । यो बाली शिविरमा कृषि अनुसन्धान केन्द्र तरहराका वैज्ञानिक किशोर भण्डारीसहित नगरपालिकाका कृषि प्राविधिकहरुले सहजीकरण गरेका छन् । रोग तथा किरा तथा कतिपय अवस्थामा खाध्यतत्वको अभाव देखिएको त्यसमा पनि मुख्यतया मकै बालीमा फौजी किराको प्रकोप बढी देखिएको परीक्षण गरेर आवश्यक सरसल्लाह उचित विषादीको प्रयागको सिफारिस गरेर पठाएको शिविरमा खटिएका कृषि वैज्ञानिक किशोर भण्डारी बताउछन् ।

    शिविरमा खाद्यान्न बाली, तरकारी, फलफूल लगायतमा लाग्ने रोग तथा किराहरूको पहिचान, रोकथाम, नियन्त्रण विधि तथा परामर्श गरीनुका साथै कृषकहरूले जीविकोपार्जनको लागि अपनाउँदै आएको परम्परागत खेति प्रणलीलाई आयआर्जन र व्यवशायिकतातर्फ अग्रसर बनाउन उक्त सिविरले सहयोग पुग्ने बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बताइन् । केही दिनदेखि सुरु भएको शिविरमा किसानहरूले ल्याएका खाद्यान्न बाली, तरकारी, फलफूलहरूको परीक्षण गरिएको र आवश्यक परामर्षसमेत दिने काम भएको बेलबारी नगरपालिकाका कृषि शाखा प्रमुख विनोद दाहालको भनाई छ । साथै नगरपालिकाले कृषिलाई बढोत्तरी गर्न उन्नत जातका बिउ तथा कृषि औजार वितरणको काममा प्राथमिकता दिएको कृषि शाखा प्रमुख दाहालले बताए ।

    यसरी नगरपालिकाले गाउँगाउँमा आएर आफूहरूले लगाएका बालीको परीक्षण गरिदिए पछि स्थानीय पनि उत्साहित भएका छन् ।

    पछिल्लो समय रासायनिक मल तथा विषादिको अनियन्त्रित प्रयोगका कारण नयाँ नयाँ रोग तथा किराको प्रकोपले कृषि उत्पादनमा थप चुनौति थपिएको बेलामा गाउँगाउँमै पुगेर किसानको बाली परीक्षण तथा परामर्श दिने काम स्वागतयोग्य छ । बेलबारी नगरपालिकाको यो काम अरूले पनि सिक्न जरुरि छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित