FLASH NEWS
- Loading...
कोरोना महामारीका कारण तरकारी बजार ठप्प भएपछि कैलालीका किसान चिन्तित
- कृषि टि.भी.
- १ साल अघि
- १७ पटक पढिएको


महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले तरकारी बजार पूर्णरूपमा ठप्प भएपछि कैलालीको धनगढी उपमहानगरपालिकाका किसान चिन्तित भएका छन् । बारीमा उत्पादन भएको टमाटर, भन्टा, लौका, फर्सी लगायतका तरकारी बिक्री गर्न नपाएर कुहिएर खेर जाने होकी भन्ने चिन्ताले किसानलाई पिरोल्न थालेको छ । अहिले बारीमा करिब ३० क्विन्टल पाकेको टमाटर, १० क्विन्टल जति भण्टालगायतका तरकारी बिक्रीका लागि तयारी अवस्थामा छ । तर कहाँ लगेर उत्पादित तरकारी बिक्री गर्नेल किसानलाई पत्तो छैन । अघिल्ला वर्षमा तरकारी व्यवसायबाट निकै आम्दानी हुने गर्दथ्यो तर कोरानाका कारण गत वर्ष र यस वर्ष गरिएको बन्दाबन्दीले व्यवसायमा निकै घाटा व्यहोर्नुपरेको किसानहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस
