FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • खपत कम हुदाँ घट्न थाल्यो तरकारीको मूल्य

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३० पटक पढिएको
    खपत कम हुदाँ घट्न थाल्यो तरकारीको मूल्य


    नेपालमा पनि दोस्रो लहरको कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रसान कार्यालयले काठमाडौंले वैशाख १६ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी ग¥यो । निषेधाज्ञाभन्दा अघि र निषेधज्ञाको केही समय सम्म हरियो तरकारी तथा मासुको मुल्य छोइनसक्नुले बढेको थियो । पर्याप्त मात्रामा उपत्यकामा तरकारी भित्रिएपनि मुल्य आकाशिएको थियो । तर, निषेधाका लागु भएको एक साता नवित्दै तरकारीको मूल्य र मासुको मूल्य घट्न थालेको छ ।

    कालीमाटी तथा तरकारी बजार विकास समितिका अनुसार अहिले सबैजसो तरकारीको मूल्य घटेको छ । तरकारीको मूल्य पाँचदेखि १० प्रतिशतसम्म घटेको छ । १५ दिनअघि किलोको ८० देखि एक सय २० रुपैयाँसम्म रहेको सिमीको भाउ अहिले सिमीको प्रकार अनुसार २५ देखि ७० रुपैयाँँमा झरेको छ । घिरौँला ४० रुपैयाँँबाट घटेर २५ रुपैयाँँ खुद्रा मूल्यमा कारोबार भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । एक सय ५० देखि तीनसय रुपैयाँसम्म रहेको च्याउको मूल्य घटेर अहिले एक सयदेखि दुई सय २० रुपैयाँ पुगेको छ । यस्तै आलुको पनि मूल्य घटेको छ । अहिले कालीमाटी तरकारी बजारमा दैनिक ५ देखि ६ सय टन तरकारी भित्रिने गरेको छ । सामान्य समयमा दैनिक सातदेखि नौ सय टनसम्म तरकारी खपत हुने गरेको थियो ।

    कोरोना सङ्क्रमणबाट जोगिन बिहान नौ बजेसम्म कारोबार गरिसक्नुपर्ने हुँदा खपत कम भएको छ । कालीमाटीमा धादिङ, काभ्रे, मकवानपुर लगायत छिमेकी र तराईका जिल्लाबाट तरकारी भित्रिने गरेको छ । माग घटेर मूल्य घटे पनि बजारमा अहिलेसम्म तरकारी खेर जाने अवस्था भने नरहेको समितिले जनाएको छ । तर, बर्खे तरकारीको सिजन सुरु भएकाले उत्पादन बढी हुने र खपत कम हुने हुँदा तरकारी कुहिएर जाने अवास्था आउने जनाएको छ । तरकारीको मूल्य १० प्रतिशतसम्म घट्दा फलफूलको भाउ भने घटेको छैन ।

    यसैबीच ब्रोइलर कुखुराको मासुको मूल्य दुई सातामा एक सय रुपैयाँ घटेको छ । कुखुराको खपत ८० प्रतिशत घटेकाले मूल्य निरन्तर ओरालो लागेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । दुई साताअघि प्रतिकिलो ४ सय ५० रुपैयाँ पर्ने कुखुराको मासु अहिले ३ सय ५० रुपैयाँ कायम भएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित