FLASH NEWS
- Loading...
ललितपुरको बागमती गाउँपालिकाका किसानलाई उन्नत जातका तरकारी बीउ मिनिकिट वितरण
- कृषि टि.भी.
- २ साल अघि
- ३८ पटक पढिएको


ललितपुरको बागमती गाउँपालिकाको कृषि विकास शाखाले उन्नत जातका तरकारी बीउ मिनिकिट वितरण गरेको छ । गाउँपालिकाले वडा नं ३ र ५ क्षेत्रभित्र करिब २० रोपनीको क्षेत्रफललाई तरकारी पकेट केन्द्रको रुपमा विकास गरेको छ । सोही पकेट क्षेत्रमा आवद्ध रहेका व्यवसायिक कृषकहरूलाई तरकारी खेतीका लागि प्लाष्टिक टनेलभित्र आवश्यक उन्नत जातका तरकारी बीउ मिनिकिट वितरण गरेको हो । २५ सय बराबरको मिनिकिटमा एक केजी धनियाँ, गोलभेडा, काउली, बन्दा, स्विस चार्ड, सिमी, काक्रो,फर्सी, मुलाका लगायतका उन्नत जातका बीउ दिइएको छ । तरकारी पकेट केन्द्रमा करिब ५४ कृषक आवद्ध छन् । वार्षिक ४५ लाखको तरकारी उत्पादन गर्ने योजना सहित ९० वटा टनेलको निमार्ण गर्ने योजना गाउँपालिकाको कृषि विकास शाखाको रहेको छ ।।


प्रतिक्रिया दिनुहोस
