FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • आगामी आर्थिक बर्षको लागि कृषिमा ३६ अर्बको बजेट तर्जुमा

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३१ पटक पढिएको
    आगामी आर्थिक बर्षको लागि कृषिमा ३६ अर्बको बजेट तर्जुमा

    आगामी आर्थिक बर्ष २०७८÷७९ को लागि कृषि तथा पशुपन्छी मन्त्रालयले ३६ अरब २३ करोड बजेटका कार्यक्रम बनाउने भएको छ । एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टसले अयोजना गरेको भर्चुअल कार्यक्रममा आफना भनाई राख्दै कृषि मन्त्रालयका सहसचिव हरि बहादुर केसीले मन्त्रालयले ३६ अर्ब २३ करोड बजेटका कार्यक्रम बनाएको बताएका छन् । कुल बजेटको २६ प्रतिशत खर्च रासायनिक मलमा विनियोजित हुने छ । अर्थात रासायनिक मल अनुदानमा यस वर्ष पनि गत वर्ष जस्तै, ११ अरबको बजेट व्यवस्थापन हुने मन्त्रालयले जनाएको छ ।

    साथै रासयानिक मल आवश्यकता र बाध्यता दुवै बनेको कारण उक्त क्षेत्रमा वृहत रकम छुट्टयाउनु पर्ने सुझाव विज्ञहरुको छ । त्यस्तै, कृषि क्षेत्रमा विनियोजन हुने मध्ये ठूलो रकम बजेट विनियोजन नेपाल कृषि अनुसन्धान प्रतिष्ठान् (नार्क)मा हुन्छ । नार्कमा तीन अरबभन्दा माथिको रकम वितरण हुने तर्जुमा मन्त्रालयको छ । भने तीन अरब २१ करोडको बजेट प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका लािग मन्त्रालयले छुट्याउने भएको छ । सो रकम नेपालभर संचालन भइरहेका जोन, सुपर जोन, पकेट, ब्लकमा विनियोजित हुनेछ । हाल रहेका जोन तथा ब्लकमा थप ११ जोन, एक सय ७७ जोन, २३ पकेट तथा एक हजार ब्लकको स्थापना हुने जनाइएको छ । वित्तिय बजेट व्यवस्थापन तर्फ एक अरब ६० करोड छुटाई्एको छ । यस बाहेक, स्थानीय तथा प्रदेश सरकारमा विनियोजित हुनु पर्ने रकममा साँढे पाँच अरब र साँढे दुई अरब रहेको छ । त्यस्तै, पशु विभाग र कृषि विभागमा तीन अर्ब छुट्ट्याइएको छ । बीमा तर्फ डेढ अरब र उखु अनुदानमा एक अरब बजेट तर्जुमा गरीएको मन्त्रालयले जनाएको छ ।

    अनुदान शीर्षकमा मात्रै कुल १४ अरबको बजेट वितरण हुने छ । यस बाहेक अन्य विषयलाई मध्यनजर गर्दै मन्त्रालयले रैथाने बाली र प्रारंगारिक मलको प्रयोगमा वृद्धि गर्ने योजना बनाएको छ । पशुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणासँगै यसलाई निरन्तरता दिन विभिन्न योजना बन्ने क्रममा रहेको मन्त्रालयका सहसचीव केसीको भनाई छ । मन्त्रालयले धान उत्पादनमा वृद्धि गर्ने उदेश्यले बास्मति धान र मसिनो धानलाई प्रवर्दन गर्ने योजना पनि आगामी आर्थिक बर्षमा समेट्ने जनाएको छ । दुग्ध क्षेत्रमा नेपाल लाइभस्टक इनोभेसन प्रोजेक्टमाफर्त संचालित हुने रकम विनियोजित भएको छ ।मत्स्यपालन क्षेत्रतर्फ आत्मनिर्भरताको लागि मन्त्रालय अग्रसर हुने बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित