- Loading...
किसानप्रति सरकार अझै उदार हुन सकेन, उत्पादित कृषि उपज विक्री नहुदाँ गाईभैसींलाई खुवाउन बाध्य
- कृषि टि.भी.
- २ साल अघि
- २३ पटक पढिएको


कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै जारी गरीएको निषेधाज्ञाका कारण बर्दिया जिल्लाको सदरमुकाम लगायत अन्य ठाउँ शुनसान छन् । जिल्ला प्रशासन कार्यालय बर्दियाले बैशाख १४ गतेबाट कोरोनाको दोख्रो लहरको चेन ब्रेक गर्न निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण नगरपालिकाका दुध उत्पादक कृषक, तरकारी उत्पादन गर्दै आएका कृषक तथा व्यवसायी मर्कामा परेका छन् । यसै गरी निषेधाज्ञा भैरहने हो भने दुध र हरियो तरकारीहरु गाई भैसिलाई खुवाउन पर्ने या बाटोमा फाल्नु पर्ने अवस्था आउन भन्दै उनीहरु चिन्तित भएका छन् ।

गत सालको लकडाउनमा पनि किसानहरुले लाखौं घाटा ब्यहोरर्नु परेको थियो । संघ, प्रदेश र स्थानीय तहले बजारीकराणमा ध्यान नदिदाँ महामारीका समयमा किसानहरु घाटा व्यहोर्न बाध्य छन् । गत बर्ष पनि राज्य भएको अनुभव गर्न नपाएको बताउँदै उनीहरुले यस बर्ष पनि सोही अवस्था आउनु गुनासो गरेका छन् । किसानप्रति सरकार उदार हुन नसकेको उनीहरुको गुनासो छ ।
तरकारी व्यवसायमा १८ बर्ष देखि आवद्ध रहेका दिनानाथ कडेलको अवस्था पनि उस्तै छ । निषेधाज्ञा भन्दा अघि उनले दैनिक ५० बोरासम्म आलु बेच्दथे तर अहिले मुक्किलले १० बोरा पनि विक्री हुँदैन ।
यता, श्री हराभरा कृषि सहकारी संस्थाका सदसइ शोभाकान्त पौडेल भने महामारीको अवस्थामा सरकारले किसानहरुलाई लक्षित गरेर राहात कार्यक्रम ल्याउनुपर्ने बताउँछन् । यस संस्थाले लकडाउन भन्दा अघि किसानहरुको दैनिक एक हजार लिटर भन्दा बढी दुघ खरीद गर्दै आएको थियो ।
बर्दियामा छोटो दुरीका साथै लामो दुरीका सबै यातायातका साधनहरु ठप्प छन । सरकारी कार्यालय प्राय जसो सबै अघोषित रुपमा बन्द छन भने स्कुल कलेजहरु घोषित रुपमै बन्द छन । ब्यापार ब्यवसायको नाममा दैनिक उपभोग गर्ने खाद्य बस्तु लगायतका न्युन सख्यामा पसलहरु खुल्ला छन ।

