FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चितवनमा गोलभेँडा बारीमै कुहिन थाल्यो

    • कृषि टि.भी.
    • २ साल अघि
    • २७ पटक पढिएको
    चितवनमा गोलभेँडा बारीमै कुहिन थाल्यो

    गोलभेँडाले बजार नपाउँदा बारीमै कुहिन थालेको छ । कोरोना महामारीका कारण जारी निषेधाज्ञाका कारण बाजरीकरणमा सहज अवस्था नहुदाँ कृषि उपज बारीमै कुहिन थालेका छन् । चितवनाका किसानले उत्पादन गरेका गोलभेडाँ विक्री नहुदाँ बारीमै कुहिन थालेको छ । लागत मुल्य भन्दा कममा विक्री गर्नुपर्ने अवस्था आएपछि ढुवानी खर्च समेत नउठ्ने भएपछि किसानहरुले गोलभेँडा टिप्नै छाडेका छन् । एक केजी गोलभेडाको उत्पादन लागत १५ रुपैयाँ पर्छ तर प्रतिकेजी ४ रुपैयाँमा बारीबाटै लैजान किसानहरुले आग्रह गरेपनि ग्राहक पाएका छैन् । यता, महानगर तरकारी बजारका सञ्चालक व्यवसायी संघले भने गोलभेँडाको उत्पादन बढी भएको र उत्पादन भएका सबै गोलभेँडा एकैपटक बजारमा आएकाले भाउ नपाएको जनाएको छ । चितवनमा दैनिक ४० टनभन्दा बढी गोलभेँडा उत्पादन भइरहेको छ । तर, दैनिक तीन टन मात्र खपत हुन्छ । अन्य तरकारीको मुल्य भने चितवनमा बढेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित