FLASH NEWS
- Loading...
बेसारको पातबाट तेल
- कृषि टि.भी.
- २ साल अघि
- २९ पटक पढिएको


गुलरिया नगरपालिका –१० रत्नापुरका २४ वर्षीय पवनकुमार बर्माले गाँउघरमा खेर गइरहेको कलप्टिस र बेसारको पातबाट तेल निकाल्ने नयाँ प्रविधि शुरुआत गरेका छन् ।

भारतको राममनोहर लोइया कलेजबाट कृषि विषयमा स्नातकोत्तर अध्ययन गरेका उनले चारलाख रुपैयाँको लगानीमा गाउँमा कृषि फार्मको स्थापना गरी तेल निकाल्न शुरु गरेका हुन् । तेल प्रति केजी रु एक हजार ५०० मा विक्री हुने उनले जानकारी दिए । उनले फार्ममा व्यवसायिक रुपमा च्याँउ खेती समेत गरेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस
