FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बाँकेको फत्तेपुरमा उत्पादीत गोलभेँडाले बजार नपाँउदा बारी मै कुहिन थाल्यो

    • कृषि टि.भी.
    • २ साल अघि
    • २२ पटक पढिएको
    बाँकेको फत्तेपुरमा उत्पादीत गोलभेँडाले बजार नपाँउदा बारी मै कुहिन थाल्यो

    बन्दा बन्दीको कारणले उत्पादन भएका गोलभेँडा बिक्रि नहुदा बारी मै कुहिन थालेको छ । कोरोना भाइर रोकथाम गर्न लगाइएको लकडाउनले बाँकेको फत्तेपुरमा सवारी साधन चल्न नपाएपछि उत्पादित गोलभेँडा बिक्रि गर्न नसक्दा बारीमै कुहिन थालेको हो ।

    बन्दा बन्दीका कारणले उत्पादन भएका गोलभेँडा बिक्रि नहुदा बारी मै कुहिन थालेको छ । कोरोना भाइर रोकथाम गर्न लगाइएको लकडाउनले बाँकेको फत्तेपुरमा सवारी साधन चल्न नपाएपछि उत्पादित गोलभेँडा बिक्रि गर्न नसक्दा खेतमै कुहिएको हो । लकडाउन भएपछि व्यपारीले किसानको फोन समेत उठाउन छोदेका छन् । सरकार भन्छ कृषिमा क्रान्ति ल्याछु तर कुर्सि क्रान्तिको लालचमा किसानहरु लाखौ घाटा व्योहोर्न परेको छ । एकतिर लकडाउन अनि अर्को तिर बैँकबाट लिएको ऋणको व्याज उत्पादीत समान बिक्रि नभए कसरी तिर्न सक्छन् । किसानले बन्जर जमिनमा उत्पादन गरेको उदहरणीय छ । यति बेला बैजानाथ गाँउपालिका फत्तेपुरका किसान बिनोद भुषालले उत्पादन गरेको गोलभँेदा बिक्रि नहुँदा ११ लाख बरावारको घाटा लागेको बताउनुभयो । गोलभेँडा बिक्रि गर्ने समयमा जिल्ला नै लकडाउन भएपछि घाटा व्योहोर्न परेको किसानको भनाई छ । बारीमा गोलभेँडा कुहिन थालेको अवस्था देखेर परिवारको अन्य सदस्य घरमै आउन छोडेको किसानले बताउनु भयो । उनी पाँच लाख कृषि विकास बैँकबाट ऋण लिए १० कट्ठा जमिनमा तरकारी खेती शुरु गरेका थिए ।

    बिनोद भुषालको तरकारी खेती छेउमै चन्द्रा चौधरी गरेका छन् । भुषालको मेहिनत र लगानी दुबेको देख्दा बज्रापात नै परेको बताउनुभयो । चौधरी आफै पनि गाँउको अगुवा किसान मध्य एक हुन । उनी गाँउका किसान मात्र होईन हरेक दिन दुखीको सहयोग गरेको हुन्छन् । त्यति मात्र होईन चौधरीले गत बर्ष लकडाउनमा सहकारी सस्था र कोहलपुर तरकारी बजारमा समन्वाय गरेर किसानको तरकारी बिक्रि गराएका थिए । उनी माछ, बंगुर र हल तरकारी खेती समेत गर्दै आएका छन् । फत्तेपुरमा हेर्ने हो भने हरेक घर घरका मानिसहरु व्यवासयीक तरकारी खेतीमा लागेका छन् तर पनि गाँउ स्मार्ट कृषि गाँउ हुन नसकेको बताउनु भयो ।

    फत्तेपुरका मानिसहरु दिन रात नमानि तरकारी उत्पादन गरेर जिल्लामै रहेको नेपालगन्ज बजारमा तरकारी बिक्रि गर्न विहान ५ बजे नै पुगेका हुन्छन् । त्यो गाँउमा कोही छैन कि व्यवासयीक तरकारी खेत नगर्ने मानिस दर्ता गरे सरकारले अनुदान पनि दिने विश्वसले फर्म पनि दर्ता गराएका छन् । तर हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै भएको छ। कृषिमा क्रान्ति ल्याउनका लागि पुस्तौ देखि खेती गर्दै आएका किसानलाई प्रोत्सहन गर्नका लागि अनुदान दिन जरुरी देखिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित