FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ‘कृषिलाई सम्मानित पेसा बनाऊ’

    • कृषि टि.भी.
    • २ साल अघि
    • १७ पटक पढिएको
    ‘कृषिलाई सम्मानित पेसा बनाऊ’

    बिकास बिष्ट । नेपाल मात्र यस्तो देश हो जहाँ प्राकृतिक रुपमा सम्पन्न हुदा पनि अधिकांश जनता गरिब एवम् दुखी छन । कृषि क्षेत्रमा बढी मिहेनत र लगानी गरेर कम आम्दानी हुने पेसा भएकाले होला सायद। आज हाम्रो देशमा एमबीबीएस गर्नेले गर्वका साथ डाक्टर हुँ भन्छ, कानुन पढ्नेले वकालत हु भनेर गौरव गर्छ यहाँ जग्गा दलालले जग्गाको काम गर्छु भनेर छाती खोलेर भन्न सक्छ तर कृषि पढ्नेमध्ये मेरो पेसा कृषि हो किसानी काम गर्छु भनेर गौरवसाथ भन्न कोही तयार छैनन् । तर अझै पनि बहुसंख्यक जनता कृषिमै निर्भर छन् । जबसम्म कृषि पेसालाई सम्मानित र आकर्षक बन्दैन तबसम्म यस्तै भईरहन्छ । सामान्यतया कृषि भनेको कुनै पनि सिमित जग्गा जमिनमा नियमीत रुपले खेती गरि उत्पादन गर्नु नै कृषि हो। नेपालको हिसाबले कुरा गर्ने हो भने ७० देखि ८० प्रतिशत मानिसहरु कृषि गर्दै आएका छन तर पनि खानको लागि बाहिरी देशबाट ल्याएर बाच्नु परेको छ । नेपालको जनता ८० प्रतिशत कृषिमा आधारित हुदा पनि , कृषिमा प्रचुर सम्भावना हुदा पनि विडम्बना भन्नुपर्छ आफ्नै उत्पादन आफैलाई पुर्याउन सकिराखेका छैनौं । यो दोष कसको हो ।


    म कृषि सङ्ग सम्बन्धित विद्यार्थी भएको नाताले यो दोष पहिलो सरकारको हो भन्छु । किनकि ५१ प्रतिशत सरकारको भूमिका हुन्छ भने ४९ प्रतिशत नागरिको भुमिका हुने गर्छ । तर यहाँ आफ्नै ठाउमा कृषि गर्नुपर्छ भन्ने सोच छ र म कृषक हु कृषि काम गरेर खान्छु भन्न मलाई कुनै लाज हैन बरु गर्व लाग्छ । मेरो उमेरका अधिकांश युवा साथीहरू कृषि काम गरि जिबन जिउन तयार छैनन् । कृषि काम भनेको तल्लो स्तरको काम हो भन्ने बुझाई राख्दछन ।


    नेपालको प्रदेश न. ६ कालिकोट जिल्लाको नरहरिनाथ गाउपालिकामा भयको समस्या , समाधान र ब्याबस्थाको बारेमा मैले देखेको तथा बुझेको कुरा आज भन्न चाहान्छु।


    नरहरिनाथ गाउपालिकाको कृषीमा भएको बर्तमान अबस्था र खेती गर्ने तरिका अझै रुढीबादी छ भन्दा हुन्छ , २१ औ सताब्दिमा बिज्ञान प्रबिधि हाम्रो कल्पना भन्दा पर पुगिसकेको अबस्थामा पनि हाम्रो कृषि गर्ने प्रर्णालीमा केही फरक आउन सकेको छैन । हाम्रो गाउपालिकामा ९०५ भन्दा धेरै जनताहरु कृषिमा निर्भर हुँदै आएका छन । आफू सङ्ग भएको खेतबारी ठाउ अनुकुल के उत्पादन गर्दा उचित हुन्छ भन्ने ज्ञान नभएर उत्पादनमा बाधा देखिएको छ । आज कृषि सम्बन्धि गहिरो अध्ययन भएको भए आधुनिकीकरण संगै ठाउ अनुकुल उत्पादन गरिन्थ्यो । तर मेरो गाउँमा अझै हामीले उत्पादन गरेको धानलाई चामल बनाउनको लागि परम्परा देखि चलीआएको ूओखल र मुशलू को सायताले धान कुट्नु पर्ने र मकै तथा गहुबालीलाई पिठो बनाउनको लागि ूपानी घट्टकोू सहारा लिनुपरेको छ । फलस्वरुप विभिन्न पुर्बाधारको कामीको कारणले गर्दा पनि यहाका मानिसहरुले आफ्नो क्षमता , कला र ज्ञान अनुसार संघर्ष गर्दै आएका छन । हामी प्रकृतिले धनी छौ त्यसको सहि सदुपयोग गर्न नजानेर , आफुले आफुलाई नचिनेर गरिब र दुखी भएका छौं । हुनत राज्यको निति नै यस्तै बनाउने छ । कृषि प्रदान देश भन्छ कृषकका छोराछोरी कृषि पढ्न पाउदैनन् पढाई भइ हाले सिमित कोठा हुन्छ त्यही सिमित कोठा पढ्न लाखौं तिर्नु पर्छ । अनि कसरी हुन्छ कृषि क्रान्ति रु खेती गरौं जग्गा छैन , बाख्राखसी पाल्यो बर्ष भरि १५ किलो बनाउन सकिन्न ,गाई भैंसी पाले दिनमा ४ लिटर पुर्याउन हम्मेहम्मे हुन्छ । यहा कृषि क्षेत्रमा मात्रै नभैइ हरेक क्षेत्रमा यस्तै समस्या छ । सबै क्षेत्रलाई अगाडि बढाउनको लागि दक्ष जनसक्ति र एक अर्कामा एकजुटको भावना राख्नु आजको आवश्यक छ। जनताहरुको जनचेतनाको कामिले गर्दा कृषि क्षेत्र पछि परेको देखिन्छ । विभिन्न बिकासका पुर्बाधारहरु जस्तैस शिक्षा, यातायात, सन्चार , प्रबिधिको कामिले गर्दा कृषि क्षेत्र पछि परेको छ ।

    ७७ जिल्लामा कृषि सम्बन्धि सरकारले बनाएका सरकारी अफिस छन तिनीहरुलाई मात्र अगाडि बढाउने हो भने पुग्थ्यो । राज्यले अरुकाम गर्नुपर्दैन एउटै काम गरे पुग्थ्यो त्यो हो किसानले दिनरात नभनी गरेको उत्पादन लाई बारीमा कुहिन नदिने गरि हरेक बस्तुको जिम्मा लिनु प्रथ्यो । उत्पादन अनुरुपको बजार ब्याबस्थापन तथा सवारिसाधनको सुबिधा संगै आधुनिकीकरण गरेको भए आज हाम्रो देश कहाँ पुगिसकेको हुन्थ्यो । आफ्नै देशमा सुन फलाउने सोच मात्र भएर के गर्नु राज्यको ध्यान यता छदै छैन । यति धेरै सम्भावना भएको देशमा के सम्भव छैन यहाँ । बिश्वमा सुन्दर देशहरूको नाम लिई रहँदा अग्रपंक्तिमा हाम्रो देश नेपाल आउछ । बिश्वको सर्वोच्च शिखर सगरमाथा हाम्रै देशमा छ, बिश्वका सान्तिका अग्र दुध गौतम बुद्ध हाम्रै देशमा जन्मिए , प्राकृतिक सुन्दरताले भरिपूर्ण देश नेपाल हो । आज जडिबुटीको देश , कृषि प्रधानको देश , जलश्रोतको देश , खानी खनिजको देश र पर्यटनको देशका नागरिकहरु स्वर्ग जस्तो देशमा जन्मिए पनि सुन्दर भबिस्य कसैले देखेका छैन । नेपालमा कृषिको संभावना मात्र हैन अन्य राष्ट्रिय श्रोतहरु जतिनै छन । किसानहरुले उत्पादन गरेको सामान बजार व्यवस्थापन नहुदा सस्तोमा बेच्न बाध्य छन। कृषि गर्ने किसानहरु ऋणमा डुबेका छन । यहाँ बिदेशी तरकारी , फलफूलले बजार लिईरहदा नेपाली उत्पादन बिक्री नभएर फाल्नुपर्ने अवस्था आउदा पनि राज्य कता चुकिरहेको छ प्रश्न गर्ने अवस्था आएको छ ।

    आफ्नो देश ,गाउँ ठाउमा कृषिमा भविष्य देखाउन हामीले छलफल गरेका थियौ

    हामीले कृषिको लागी सोच्नै पर्ने केहि कुराहरु

    १ सर्बप्रथम त बिकासका पुर्बाधारहरुको उचित ब्याबस्था भयो भने कृषि क्षेत्र फस्टाउन सक्छ।
    २ कृषि सम्बन्धि माटो सुहाउँदो शिक्षा सिकाएको भए ।
    ३ कृषि गर्नलाई ठाउ उपलब्ध गराएको भए ।
    ४ कृषि क्षेत्रमा आधुनिकीकरणमा लगेको भए ।
    ५ ठाउ अनुकुल उचित हुने उत्पादनहरु उत्पादन गरेको भए ।
    ६ उत्पादन गरेको हरेक बस्तु राज्यले जिम्मा लगेको भए ।
    ७ नेपाली उत्पादनको उचित मुल्य कायम गरेको भए ।


    ८ हरेक नागरिक लाई अनिवार्य उत्पादनमा भाग लिन लगाई कृषिको महत्त्व कति छ भनी जनचेतना जगाई उचित सम्मानको व्यवस्था भएको भए आज कृषि क्षेत्रमा यति धेरै दुख पाउनुपर्ने थिएन । हाम्रो जिबन कृषिमै भएको हुदा कृषि लाई बढी प्राथमिकता दिनु पर्छ । हामी बिदेश हैन आफू जन्मेको ठाउँमा जिबन देखाउने जिबन उपयोगी शिक्षा आवश्यक भएको छ । म जिबन भर कृषि क्षेत्र लाई छोड्दैन र हजुर संग मेरो आग्रह र अनुरोध यही छ अधिकांश नागरिकको जिबन कृषिमै आधारित भएको हुनाले हरेक युवा नागरिक कृषि क्षेत्र लाई अपमान हैन सम्मान गर्न आजै बाट सुरु गरौं र उत्पादनमा सबैले अनिवार्य सहभागी बनौं । संसारकै अर्गानिक खानेकुरा नेपालको हो , नेपाली खानेकुरामा मात्र खाउ भनी संसार भरी स्थापित गर्न जरुरी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित