FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • अत्याधिक भिड बढेपछि कालिमाटी तरकारी बजारमा खुद्रा कारोबार बन्द

    • कृषि टि.भी.
    • २ साल अघि
    • २४ पटक पढिएको
    अत्याधिक भिड बढेपछि कालिमाटी तरकारी बजारमा खुद्रा कारोबार बन्द

    कोरोना जोखिम बढेको भन्दै कालिमाटी फलफूल तथा तरकारी बजारमा खुद्रा कारोबार बन्द गरीएको छ । अत्याधिक भिड बढेका कारण मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन पछि फलफूल तथा तरकारीको खुद्र्रामा हुने कारोबार निषेधाज्ञा अवधिभर बन्द गर्ने निर्णय भएको बजार विकास समितिले जनाएको छ । खुद्रामा तरकारी किन्न आउने बहानामा सडकमा मानिसहरुको आवागमन बढेको र बजारमा पनि भिड भएको निष्कर्षपछि खुद्रा कारोबार बन्द गर्ने निर्णय भएको हो । होलसेल बजारमाबाट तरकारीको खुद्रा कारोबार पनि गर्न नपाइने बताइएको छ । बजारमा रहेका स्टलबाट थोक तरकारी तथा फलफूलको कारोबार भने नियमित सञ्चालनमा रहने छ । देशका बिभिन्न ठाउँका किसानले बारीमा रहेको तरकारी सिधै बिक्री गर्न पाउनेगरी बजारभित्रको ‘अक्सन यार्ड’ भने खुला राखेको समितिले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित