FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • उपभोक्ताको गुनासोपछि बेलबारी नगरपालिमा गर्यो बजार अनुगमन, अस्वाभाविक रूपमा मूल्यवृद्धि, एउटै सामानमा पनि फरक फरक विल

    • कृषि टि.भी.
    • २ साल अघि
    • १११ पटक पढिएको
    उपभोक्ताको गुनासोपछि बेलबारी नगरपालिमा गर्यो बजार अनुगमन, अस्वाभाविक रूपमा मूल्यवृद्धि, एउटै सामानमा पनि फरक फरक विल

    बेलबारी नगरपालिकाले महामारीको समयमा उपभोक्ताको ढाडसेक्ने गरी मुल्य बृद्धि गरेको भन्दै बजार अनुगमलाई तीब्रता दिएको छ । अनुगमनका क्रममा स्वाभाविक रूपमा मूल्य वृद्धि हुनुका साथै एउटै सामग्रीको फरक फरक विल फेला परेको जनाएको छ ।

    बेलबारी नगरपालिकाले अस्वभाविक रुपम मुल्यबृद्धि भएको गुनासो उपभोक्तबाट आउन थालेपछि बजार अनुगमन गरेको हो । नगरस्तरीय उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवम् नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीको नेतृत्वमा गएको अनुगमन टोलिले अस्वभाविक मुल्य बृद्धि हुनुका साथै एउटै सामाग्रीको फरक फरक विल फेला पारेको छ । कोरोना महामारीको आडमा हुने कालोबजारीलाई रोक्न बेलबारी नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको जनाएको छ । यसअघि प्रतिलिटर १ सय ६० पर्ने सूर्यमुखी तेल अहिले २ सय ६०, २ सयमा खुकुरी तेल २ सय ८० मा बेच्ने गरेको पाइएको छ । त्यस्तै चिनीमासमेत अस्वाभाविक रूपमा मूल्यवृद्धि भएको पाइएको अनुगमन समितिले बताएको छ । खाद्य सामाग्री पसललाई लक्षित गरेर गरिएको अनुगमनमा विशेष गरेर खानेतेल, चिनीजन्य सामग्रीमा अस्वाभाविक रूपमा मूल्य वृद्धि भएको पाइएको नगरस्तरीय उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवम् बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुली बताउँछिन् । मुल्यबृद्धि गर्ने खाद्य पसललाई सुरुमा सम्झाउने काम गरेर छाडिएको तर यो क्रम नदोहोरिएमा कानुनबमोजिम कारबाही गरीने नगर उप प्रमुख पराजुलिले बताइन् ।

    केही दिन अघि गरिएको अनुगमनको क्रममा बेलबारी २ स्थित एक एग्रोभेट पसलमा म्याद गुज्रिएका विभिन्न प्रकृतिका बीउ, किटनाशक औषधीहरू फेला परेको थियो । भने आइतबार औषधि पसलमा गरिएको अनुगमनमा भने माक्सको कालोबजारी भएको, पचास प्रतिशतभन्दा बढी नाफा लिएर माक्सको विक्री गर्ने गरेको पाइए पछि ती मेडिकल पसललाई चेतावनीकासाथ अव आइन्दा त्यसो नगर्न सावधानी गराएर छाडेको थियो । यता व्यापारीले भने भ्याटविल एउटा भए पनि त्यो भन्दा बढी मूल्य आफूहरूले तिरेर ल्याउनुपर्दा मूल्यमा केही फरक देखिएको बताए ।

    उद्योग वाणिज्य सङ्घ बेलबारीका वरिष्ठ उपाध्यक्ष राजेशजङ्ग कार्की यस्तो विषम परिस्थितिमा नाफा मात्र सोचेर काम गर्न नहुने बताए । मुल्यबृद्धि गर्नेलाई कडाई सङघले कडाई गर्ने उनले बताए ।

    स्थानीयले भने नगरपालिकाले नियमति रुपमा अनुगमन गर्नुपर्ने बताएका छन् ।

    अनुगमन टोलीमा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेशजङ्ग कार्की, बेलबारी नगरपालिका बजार अनुगमन समिति संयोजक महेन्द्र खड्का, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चार कर्मीहरूको सहभागिता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित