FLASH NEWS
- Loading...
किसान अयोगः कोभिड साथै प्राकृतिक कारण भएको क्षतिको आंकलन गरी आवश्यक राहतका विशेष कार्यक्रम संचालन गर्ने
- कृषि टि.भी.
- २ साल अघि
- २२ पटक पढिएको



राष्ट्रिय किसान आयोगले महामारीको समयमा पनि कृषकहरूका लागि आवश्यक पर्ने मल, बीउ लगायतका कृषि सामाग्रीको सहज उपलब्धता गराउने जनाएको छ । विज्ञप्ती जारी गर्दै अयोगले कोभिडका साथै अन्य प्राकृतिक विपत्तिका कारण भएको क्षतिको आंकलन गरी कृषकको लागि आवश्यक राहतका विशेष कार्यक्रम संचालन गर्ने पनि जनाएको छ । निषेधाज्ञाको सयमा आन्तरिक बजारलाई अविलम्ब नियमित र व्यवस्थित गर्न निश्चित मापदण्डको आधारमा ढुवानी सेवा संचालनका विषयमा नेपाल सरकार तथा अन्य सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ । किसानहरुको उपजलाई उचित मूल्यमा बजार र उपभोक्ताको लागि कृषि उपज ढुवानीमा सावधानीपूर्वक सहजता बनाउने, कृषि उपजको मूल्य श्रृंखला आपूर्ती व्यवस्थापन गर्नु अपरिहार्यता रहेको विज्ञप्तीमार्फत औल्याएको छ ।

प्रतिक्रिया दिनुहोस
