- Loading...
नर्सिङ् दिवसको अवसर पुष्प व्यवसायी खड्काले वितरण गरे २ सय ५० जना स्वास्थ्यकर्मीलाई पुष्प गुच्छा
- कृषि टि.भी.
- २ साल अघि
- ३७ पटक पढिएको


भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नम्वर ४ गाम्चास्थित उदय गार्डेनका सञ्चालक शुसील खड्काले आज विश्व अन्र्तराष्ट्रिय नर्सिङ् दिवसको अवसरमा गङगालाल अस्पतालमा कार्यरत करिव २ सय ५० जना कर्मचारीलाई पुष्प व्यवसायी पुष्प गुच्छा प्रदान गरेका छन् ।
उनले फलोरी कल्चर एसोसिएसन नेपालको समन्वयमा पुष्प गुच्छा वितरण गरेका हुन् । देशमा कोरोना भाईरस सङ्क्रमणले महामारीको रुप लिईरहेको अवस्थामा ज्यानको प्रवाह नै नगरी विरामीको उपचारमा खटिएका नर्सहरुको काममा थप हौसला वृद्धिका लागी पुष्प गुच्छा प्रदान गरिएको खड्काले बताएका छन् । निशेषधाको समयमा उत्पादित फुल बजारीकरणका समस्या हुदाँ व्यवसायीले लाखौं घाटा व्यहोर्नु परेको पनि खड्का बताउँछन् ।
गत वर्षको लकडाउनमा पनि उनीले गार्डेनमा उत्पादित फुल सुरक्षाकर्मी र उपत्यकामा रहेका ४ वटा अस्पतालमा कार्यरत कर्मचारीलाई पुष्प गुच्चा प्रदान गरेका थिए । उनी विगत २५ वर्ष देखि पुष्प व्यवसायमा आवद्ध छन । नेपालमा पुष्प व्यवसायको विकास विस्तार र संरक्षणका लागी उनी फ्लोरीकल्चर एशोशियसन नेपालमा पनि आवद्ध छन । अस्पतालमा कार्यरत नर्सहरुले विषम परिस्थीतिमा नागरिकको सहयोग र मनोवल बढाउनका लागी पुष्प गुच्छा वितण गरेकोमा खुशी व्यक्त गर्दै गार्डेनका सञ्चालक खड्काप्रति आभार व्यक्त गरेका छन ।


