FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • खेतीपातीको ‘पिक सिजन’मा मल अभाव हुदैन

    • कृषि टि.भी.
    • २ साल अघि
    • २३ पटक पढिएको
    खेतीपातीको ‘पिक सिजन’मा मल अभाव हुदैन

    सरकारले बंगलादेशसँग खरिद गरेको युरिया मलमध्ये आधा नेपाल भित्रिएको छ । ५० हजार टन मल बङगलादेशसँग खरिद गरीएको मध्ये पहिलो चराण्मा २२ हजार ५ सय टन मल चरणबद्ध रूपमा नेपाल भित्रिएको कृषि सामग्री कम्पनीको प्रदेशस्तरीय कार्यालय वीरगन्जले जनाएको छ । निषेधाको अवधिमा १० हजार टन माल भित्रिएको कार्यालयले जनाएको छ । मुलुकका प्रायः जिल्लामा निषेधाज्ञा जारी रहे पनि मल भित्रिने र परिचालन गर्ने काममा भने बाधा नभएको पनि बताइएको छ । कार्यालयका अनुसार माग भएका जिल्लामा निषेधाज्ञाको समयमा पनि युरिया र डीएपी मल परिचालन भइरहेको छ । धुलिखेल, काठमाडौं, चितवन, पोखरा, पर्वत र कावासोतीमा यसै अवधिमा युरिया र डीएपी मल पठाइएको कार्यलयले जनाकारी दिएको छ । यस्तै, यसवर्षको खेतीपाती लगाउने ‘सिजन’ अर्थात असार÷साउन महिनामा रासायनिक मलको अभाव कृषि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । खेतीपातीको ‘सिजन’का लागि मल पर्याप्त मौज्दात रहेको र आउने क्रममा युरिया, डीएपी र पोटास गरी ७० देखि ८० हजार मेट्रिक टन उपलव्ध रहेको कृषि सामग्री कम्पनीले जनाएको छ । मल पर्याप्त रहेको र ठेक्का लागेको मल पनि आउने हुँदा खेतीपातीको ‘पिक सिजन’मा अभाव नहुने दाबी मन्त्रालयको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित