FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • दोलखाका इन्द्र के सीः यवसायिक रुपमा बाख्रा , माछा , फलफुल र तरकारी खेतीमा

    • कृषि टि.भी.
    • २ साल अघि
    • २४ पटक पढिएको
    दोलखाका इन्द्र के सीः यवसायिक रुपमा बाख्रा , माछा , फलफुल र तरकारी खेतीमा

    बैदेशिक रोजगारी बाट फर्किएका युवाहरुको रोजाइमा कृषि पेश पर्न थालेको छ । दुबैमा दुई बर्ष विताएर स्वदेश फर्किएका दोलखा तामाकोसी गाउँपालिकाका इन्द्र केसी अहिले व्यवसायिक रुपमा बाख्रा , माछा , फलफुल र तरकारी खेती गरीरहेका छन् ।

    पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुले विदेशमा सिकेको सीपको नेपालमा आएर सदुपयोग गरी रहेका छन् । नेपालमा भने जस्तो रोजगारी नपाएपछि युवाहरु विदेश जान्छन् । तर विदेशमा पनि आफुले सोचे जस्तो काम र तलव नपाएपछि उनीहर नेपाल फर्किएर कृषि पेशा रोज्छन । यसका एक उदाहरण हुन दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर १ भिर्कुटीका इन्द्र के सी । दुवैमा उनले २ वर्ष सम्म काम गरे । कहिले सम्म यसरी विदेशमा पसिना बगाउने ? बरु आफ्नै देशमा गएर परिवारको साथमा रहेर केही गर्ने सोचार्उका साथ साथ उनी नेपाल फर्किए । अहिले के सीले विगत ३ वर्ष देखि व्यवसायिक रुपमा बाख्रा , माछा , फलफुल र तरकारी खेती गरीरहेका छन । आफ्नै ठाउँमा काम गर्न पाउँदा खुशी लागेको र आफ्नो व्यवसायबाट सन्तुष्ट रहेको उनीले बताए ।

    ३ लाख ५० हजार लगानीबाट उनीले व्यवसाय शुरु गरेका हुन । दोलखा जिल्लामा कृषि क्षेत्रमा धेरै सम्भावना भएको र उत्पादित वस्तु बिक्रीका लागी समस्या नभएको के सी बताउँछन् । बाझो जमिनमा फलफुल रोप्ने उनको योजना छ । स्थानीय तहले अनुदान वितरण गर्दा वास्तविक किसान पहिचान नभएकोमा उनी गुनासो पोक्छन् ।

    आधुनिक र व्यवसायिक कृषिको माधयमबाट समग्र दोलखा जिल्लालाई नै कृषिमा नमूना जिल्ला बनाउने उनको सोच छ । व्यवसाय शुरु गर्दा नजानेका कुराहरु के सीले युटुवमा हेरेर जानकारी लिए । गाउँपालिकाले युवाहरुलाई लक्षित गरेर कृषिमा रोजगारमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइृ छ । व्यवसाय थप विस्तार गर्दै लैजाने र अनुदान पाए केही हदसम्म सहयोग पुग्ने उनी बताउँछन् ।

    सरकारले कृषकको मनोबल बढाउनको लागी कृषकका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्छ । युवाहरुलाई नेपालमै रोजगारीमा लाग्न पोत्साहन गर्नुपर्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित