FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • उदयपुरका युवा सामूहिक खेतिमा आकर्षित, लोकल कुखुरा, कडकनाथ, टर्की, लौकट र माछा पालन गर्दै

    • कृषि टि.भी.
    • २ साल अघि
    • २६ पटक पढिएको
    उदयपुरका युवा सामूहिक खेतिमा आकर्षित, लोकल कुखुरा, कडकनाथ, टर्की, लौकट र माछा पालन गर्दै

    पछिल्लो समयमा उदयपुरमा व्यावसायिक लोकल कुखुरा, कडकनाथ, टर्की, लौकट र माछा पाल्ने किसानको संख्या बढ्दै गएको छ । कम लागतमा धेरै उत्पादन साथै राम्रो प्रतिफल लिन सकिने भएपछि यहाँका किसानहरुको आम्दानीको स्रोत व्यवसायीक कुखुरा पालन पर्न थालेको छ ।

    उदयपुरमा ब्रोइलर कुखुरा पालेजस्तै फार्म नै सञ्चालन गरेर लोकल कुखुरा, कडकनाथ, टर्की, लौकट, कडकनाथ पालन गर्ने बढ्दै गएका छन् । त्रियुगा नगरपालिका ६ का अम्विकाप्रसाद धमला, पदमप्रसाद डाँगी, राकेश चौधरी र जयप्रकाश चौधरीले सामूहिक लगानीमा बगहामा २ विगहा १४ कठ्ठा जग्गा २० वर्षको लागि लिजमा लिएर बागेश्वरी पशुपंक्षी तथा माछा पालन कृषि फर्म सञ्चालन गरेका छन् । उनीहरुले लोकल कुखुरा, कडकनाथ, टर्की, लौकटको अण्डा र चल्ला उत्पादन सुरु गर्नुका साथै चार वटा पोखरीमा माछा पनि पालन गर्दै आएका छन् । ४० लाखको पुँजीबाट सुरु भएको उनीहरुको फर्ममा दैनिक १० हजार अण्डा उत्पादन भैरहेको छ । उत्पादित अण्डा मध्ये केही बजारमा र बाँकी ह्याचरीमा चल्लाको लागि पठाउँछन् । एक बर्षमा ६ लाख मुल्य बराबरको लोकल कुखुरा, कडकनाथ, टर्की र लौकट विक्री गर्न सफल भएको फर्म संचालक अम्बिका प्रसाद धमला बताउँछन् ।

    दशै र तिहारलाई लक्षित गरी लोकल कुखुरा र कडकनाथ कुखुराबाट २० लाख र लौकट र टर्कीबाट १० लाख गरी करिव ३० लाख आम्दानी गर्ने सोचका साथ नयाँ फर्महरु संचालन गर्ने तयारीमा छन् । भने, २ करोडसम्म लगानी गर्ने सोच उनीहरुको छ ।

    दाना उत्पादन गर्न ४ विगाहा जग्गा भाडामा लिएर ६० र ७२ दिने मकै खेती पनि शुरु गरेका छन् । उपभोक्ताको माग अनुसार अण्डा, मासु पुर्याउन धौ धौ परेको छ उनीहरुलाई । फर्ममा ७ जनाले रोजगारी पाएका छन् । मेहनत र परिश्रम गरे स्वदेशमै मनग्ष्ग आम्दानी गर्न सकिने राकेश चौधरी बताउँछन् ।

    फर्ममा अहिले ६ सय लोकल कुखुरा, ३ सय कडकनाथ, एक सय टर्की, एक सय लौकट छन् । यस्तै तीन हप्ते लोकल कुखुरा र कडकनाथ ६ सय, दुई हप्ते टर्की र लौकट करिव दुई सय छन् । लोकल कुखुरा उत्पादन गर्नै योजनाबाट सुरु भएको फर्ममा मासिक १० हजारका दले चल्ला उत्पादन गर्ने ह्याचरी मेसिनको जडान गर्ने तयारीमा उनीहरु छन् । गाउँघरमा लोप हुने अवस्थामा पुगेको लोकल कुखुराको माग पछिल्लो समयमा बढ्दै जाँदा यसको पालन गर्ने किसानको संख्या पनि बढ्दै जानु राम्रो हो । कुखुरा पालन ब्यवसायमा युवा किसानलाई पनि थप आकृषित गर्नको लागि सरकारले भने थप पहल गर्नु पर्ने देखिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित