
FLASH NEWS
- Loading...
स्याङ्जाका किसानलाई मकै गोड्ने चटारो
- कृषि टि.भी.
- २ साल अघि
- २२ पटक पढिएको


स्याङ्जाका ग्रामीण समुदायका स्थानियहरु यतिबेला कृषि कार्यमा व्यस्त छन् । कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै मुलुकका प्राय सबै जिल्लामा निषेधाज्ञा जारी भैसकेको छ । तर, स्याङ्जाका किसानलाई निषेधाज्ञाले छोएको छैन । अहिले उनीहरु विहान देखि बेलुका सम्म मैक गोड्न व्यस्त देखिन्छन् । स्याङ्जाको गल्याङ, चापाकोट, बिरुवा, आधिखोला, अर्जुनचौपारी लगाएतका अधिकाश स्थानिय तहमा यतिबेला मकै गोड्न कृषकहरुलाई भ्याइ नभ्याइ छ । काठमडौं, पोखरा लगायतका शहरमा बसोबास गरीरहेका त्यहाँका युवाहरु कोरोनाका कारण गाउँफर्किएर छन् , र कृषिमा लागेका छन् ।


प्रतिक्रिया दिनुहोस
