
FLASH NEWS
- Loading...
निषेधाज्ञाको मारमा दुग्ध क्षेत्र, ६० प्रतिशतले दुध खपत घट्यो
- कृषि टि.भी.
- २ साल अघि
- २० पटक पढिएको


दैनिक रुपमा उत्पादन गरी खपत हुने दुग्ध क्षेत्र निषेधाज्ञाका कारण मारमा परेको छ । उत्पादित दुध बजारमा विक्री नहुदाँ झन समस्या भएको छ । गत बर्षपनि कोरोना महामारीले गर्दा यस क्षेत्रमा आबद्ध भएका किसान तथा उद्योगीले उत्पादन गरेका आधा भन्दा बढी दुध विक्री भएको थिएन । यसबर्ष पनि सोहि समस्या दोहोरिएको छ । ६० प्रतिशत दुध खपत हुन नसकेको डेरी एसोसिएसनले जनाएको छ । सामान्य अवस्थामा ३२ लाख लिटर देशभर खपत हुने दुध अहिले दैनिक १३ लाख लिटर मात्र खपत भएको छ । निषेधाज्ञाका कारण डेरी क्षेत्रमा दैनिक १० करोडका घाटा पुगेको एसोसिएसनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
