FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सोलुखुम्बुले किसानहरूलाई झोल मल बनाउन सिकाउँदै नगरपालिका

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३६ पटक पढिएको
    सोलुखुम्बुले किसानहरूलाई झोल मल बनाउन सिकाउँदै नगरपालिका

    कृषि ज्ञान केन्द्र सोलुखुम्बुले किसानहरूलाई झोल मल बनाउन सिकाएको छ । जैविक विषादी विस्तार कार्यक्रम अन्तर्गत सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ६, दुधकोशी गाउँपालिकाको वडा नम्बर २ का किसानहरूलाई झोल मल बनाउन सिकाएको हो । रासायनिक विषादीको प्रयोग नगर्ने र जैविक विषादीको प्रयोगलाई बढाउन तालिम दिइएको केन्द्रले जनाएको छ । ब्लक, पकेट क्षेत्रका किसानहरूलाई छनोट गरी समूह अन्तर्गत २५ २५ जना किसानलाई झोल मल बनाउन सिकाएको छ । झोल मल गाउँघरमा पाइने झारपात अमिलो, टर्रो, पिरो, तितो हुने झारपात तथा गउँतबाट बनाउन सकिन्छ । जसले मल सँगसँगै किराहरू भगाउने काम गर्दछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित