FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • विक्री नभएपछि किसानले टिप्नै छोड्ए तरकारी

    • कृषि टि.भी.
    • २ साल अघि
    • २५ पटक पढिएको
    विक्री नभएपछि किसानले टिप्नै छोड्ए तरकारी

    कोरोनाको दोस्रो लहर सुरुभएसगै जारी निषेधाज्ञाका कारण व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका कृषकहरु मारमा परेका छन् । सामूहिक तथा एकल रुपमा व्यवसायिक तरकारी खेतिमा होमिएका कृषक दैनिक लाखौं घाटा व्यहोर्न बाध्य छन् । यता सरकारी निकायले पनि किसानका उत्पादन बजारीकराण्मा ध्यान नदिदाँ कृषक झन समस्या परेका छन् ।

    दृश्य हो बर्दिया जिल्ला मधुवन नगरपालिका वडा नं.२ अम्मरपुर गाउँपालिकामा श्री सहेली कृषि सहकारी संस्था लि.ले गरेको व्यवसायीक माछा तथा तरकारी खेति । १० विघा जमिनमा सामुहिक रुपमा तरकारी खेति र १० विघामा सामुहिक माछापालन भैरहेको छ । तर, मुलुकमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै जारी निषेधाज्ञाले व्यवायिक रुपमा तरकारी खेति गर्दै आएका उनीहरु समस्यामा परेका छन् । निषेधाज्ञा भन्दा अघिको समयमा हरियो तरकारी प्रत्येक दुई दिनमा १२ क्यून्टलसम्म विक्री हुन्थ्यो ।

    तर, अहिले अवस्था सहज छैन । कोरोना कारण सबै हाटबाजार, बजार तथा तरकारी पसल बन्द हुदाँ उत्पादित तरकारी खेतमै कुहिन थालेको छ । माछालाई समयमा बेच्न नसके पनि त्यति घाटा हुदैन, माछालाई सुकुटी बनाएर पछि पनि बेच्न सकिन्छ । हरियो तरकारीहरुलाई समयमा बेच्न सकिएन भने ठुलो घाटा ब्यहोर्नु पर्छ । गत बर्ष पनि सोहि समस्या भोगेका उनीहरुले यसबर्ष पनि तरकारी विक्री नहुदाँ दैनिक लाखौं घाटा व्यहोर्न बाध्य छन् । महामारीको समयमा गत बर्षपनि राज्यबाट उपेक्षित भएका कृषक यसबर्ष पनि राज्यबाट क्षतिपूर्ति पाउने कुनै आशामा छैनन् ।

    सहकारीले सामुहीक बचत गर्दै आएको छ र बचत न्युनतम ब्याँजदरमा आफनै शेयर सदस्यहरुलाई कृषि क्षेत्रको उत्पादनका लागि दिदै आएको छ ।

    कृषकहरुको आर्थिक उन्नतीको लागि हामी २०७० सालमा स्थापना भएको सहकारीले व्यवसायिक रुपमा कृषि पेशामा लाग्न चाहाने कृषकहरुलाई सहयोग गर्दै आएको छ । सहकारी संस्थाको माध्यमबाटसामुहिक तरकारी खेति र माछापालन ब्यवसाय गर्नै कृषककको संख्या पनि बढ्दै गएको छ । तर, हाल जारी निषेधाज्ञाले उत्पादित उपज विक्री नहुदाँ किसान चिन्तित छन् ।

    १ सय ६९ जना शेयर सदस्य रहेको सहरकारीमा सबै सदस्यहरु मिलेर सामूहिक तरकारी खेति गरीरहेका छन् । सहकारीको नगद पुजीँ ३० लाख रुपैया छ । तरकारी खेति र माछापालन ब्यवसायबाट यस सहकारीका संस्थाका सदस्यहरुले वार्षिक ३ देखी ४ लाखसम्म आम्दानि गर्दै आएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित