FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषिमा आत्मनिर्भर हुनका लागि यान्त्रिकीकरण हुनु आवश्यक छः मन्त्री अर्याल

    • कृषि टि.भी.
    • १ साल अघि
    • १६ पटक पढिएको
    कृषिमा आत्मनिर्भर हुनका लागि यान्त्रिकीकरण हुनु आवश्यक छः मन्त्री अर्याल
    [quads id=RndAds]

    काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका निम्ति यान्त्रिकीकरण प्रयोग आवश्यक रहेको बताउनुभयो ।
    एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) सोमवार आयोजना गरेको ‘कृषि यान्त्रिकरणः आवश्यकता, अवसर र चुनौती’ विषयक भर्चुअल संवाद कार्यक्रममा उहाँले कृषिमा यान्त्रिकीकरणलाई आवश्यक वस्तुको रुपमा राख्नुपर्ने बताउनुभयो । कृषि प्रसारणमा २० प्रतिशत र यान्त्रिकीकरणमा २०–२५ प्रतिशत किसानको पहुँच रहेको बताउँदै मन्त्री अर्यालले कृषि प्रधान देशमा यो प्रतिशत निकै कम रहेको उहाँले बताउनुभयो । उहाँले परम्परागत खेतीलाई आधुनिकीकरण र कृषि आधुनिकीकरणमा विशेष जोड दिनुपर्ने बताउनुभयो ।
    क्रममा कृषि यान्त्रिकीरकणका लािग सरकारले नीति बनाई सकेको छ र त्यो अनुसार काम अगाडी बढी सकेको बताउँदै उहाँले सरकारले डिजिटल नेपालको कल्पना गरेको र त्यो अनुसार काम भइरहेको बताउनुभयो । अब माटो मापन घरबाट नै गर्न सकिने प्रविधिको विकास भएको छ । कृषि मन्त्रालयले माटो मापनका लागि विद्युतीय नक्सा सार्वजनिक गरेको बताउँदै उहाँले कृषि क्षेत्रमा यो एउटा क्रान्ति नै भएको उहाँले बताउनुभयो । कुन माटोमा के तत्व छ, किसानले आफै जानकारी लिएर खेतीपाती गर्दा उत्पादनमा पक्कै पनि वृद्धि हुने विश्वास व्यक्त गर्दै उहाँले यो कुरालाई अगामी वजेट तथा नीति तथा कार्यक्रममा राख्ने प्रतिवद्धता जनाउनुभयो ।
    प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनामा प्राविधिकको व्यवस्था गरिएको छ, त्यसमा अझै थप गर्दै कृषि ज्ञान केन्द्रसम्म प्राविधकहरु राख्ने तयारी मन्त्रालयले गरिरहेको उहाँले जानकारी दिनुभयो । कृषिमा यान्त्रिकीकरण गरेर नै हरेक वस्तुमा आत्मनिर्भर हुने लक्ष्य रहेको छ, कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण नगरेसम्म आत्मनिर्भर हुन नसकिने उहाँले बताउनुभयो । एक पालिका एक नर्सरी नारा लगाएर उत्पादनमा वृद्धि गर्ने नीति रहेको बताउँदै उहाँले उच्च स्तरका सिकाइका लागि इजराइलको प्रविधि नेपाल ल्याउने सम्झौता भइसकेको जानकारी दिनुभयो ।
    यान्त्रिकीकरणको क्षेत्रमा अनुसन्धान गर्ने काम नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले काम गरिरहेको बताउँदै उहाँले सानादेखि ठूला खालका अनुसन्धान नार्कबाट भइरहेको बताउनुभयो । कृषिमा यान्त्रिकीकरणका लागि नीजि क्षेत्रको पनि ठूलो भूमिका रहेको बताउँदै उहाँले नीजि क्षेत्रले प्रसंसनीय कार्य गरेको र कृषि मन्त्रालयले हातोमालो गरेर काम गर्न चाहेको प्रतिवद्धता जनाउनुभयो । महिलामैत्री कृषि औजारमा अनुसन्धान गर्न आवश्यक रहेको छ, अहिले पुरुषभन्दा बढी महिलाहरु कृषिमा आवद्ध छन्, उनीहरुलाई उपयुक्त हुने औजारको व्यवस्था गर्नुपर्ने उहँले बताउनुभयो ।
    वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेल उत्पादनमा वृद्धि र लागत घटाउनका लागि कृषिमा यान्त्रिकीकरण गर्नुपर्छ, उत्पादनमा वृद्धि गराउनका लागि यान्त्रिकीकरणमा जोड दिनुपर्ने बताउनुभयो । अर्कोतिर उत्पादन गरेर मात्र हुँदैन त्यसको वजार व्यवस्थापन पनि जोड दिनुपर्ने र त्यसका लागि कृषि आधुनिकीकरण र यान्त्रिकीकरणमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । झापा धानको सुपरजोन हो, तर त्यहाँ धान उत्पादन भएपछि सुकाउन तथा राख्ने व्यवस्था नहुँदा सस्तोमा बेच्न बाध्य हुन्छ त्यसैले उत्पादनदेखि विक्रि वितरण र उपभोगसम्म आधुनिकीकरण र यान्त्रिकीकरणमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
    नार्कका श्रीमत श्रेष्ठले नेपालमा कृषि प्रविधि र उपकरणको लामो इतिहास नरहेको बताउँदै उहाँले जब कृषिबाट युवाहरु पलायन हुन थालेपछि प्रविधि र उपकरणमा ध्यान दिन थालेको बताउनुभयो । पछिल्लो समयमा कृषि यान्त्रिकरणमा नीजि क्षेत्रमा पनि भूमिका रहेको बताउँदै श्रेष्ठले कृषिमा उत्पादन बढाउँछ र लागत घटाउँछ भने त्यो नै कृषि यान्त्रिकीकरण रहेको बताउनुभयो ।
    कृषिमा सबभन्दा बढी तराई मेधशमा प्रविधि र उपकरण प्रयोग भइरहेको उहाँले बताउनुभयो । अहिले कृषिमा सबभन्दा बढी साना ठूला ट्याक्टर, धान, गहुँ दाँइ गर्ने मेसिन, धान रोप्ने मेसिन अत्याधिक प्रयोगमा आइरहेको छ । माछा पालन, दुध क्षेत्रमा पनि यन्त्रको प्रयोग हुन थालेको छ । कृषिमा यन्त्रको प्रयोग हुन थालेपछि मूल्यको अनुगमन तथा नियमन नरहेको बताउँदै उहाँले सबै किसानले यन्त्र किन्न सकिदैन, त्यसको लागि सरकारले यन्त्रहरु भाडामा दिनुपर्ने व्यवस्था पनि गर्नुपर्ने बताउनुभयो ।
    अहिले कृषि यन्त्रहरु भाडामा दिइने व्यवसाय पनि सुरु भएको छ त्यसलाई पनि व्यवस्थित गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । महिला मैत्री कृषि यन्त्रको प्रवद्र्धन, स्थानीय कृषि यन्त्र र पाटपूर्जा उत्पादनलाई बढावा दिन सहुलियत दिने नीति, उपयुक्त भूउपयोग नीति, स्थानीय आरनहरुको आधुनिकीकरणमा विशेष जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
    नामियाको अध्यक्ष खोजराज कट्वालले नेपालको कृषि क्षेत्र अझै पनि परम्परागत रुपमा खेती भइरहेको बताउनुभयो । परम्पारगत खेतीलाई हटाउने कृषिलाई आधुनिकीकरण तथा यान्त्रीकरणमा लैजाने सरकारले नीति लिएको छ तर त्यसमा खासै लगानी नगरेको उहाँले दावी गर्नुभयो । नेपालमा कृषि औजारको क्षेत्रमा नीजि क्षेत्रले पनि लगानी लगाउन चाहन्छ त्यसमा सरकारले धेरै सहयोग नगरेपनि विजुलीलगायतमा सुविधा दिनुपर्ने उहाँले बताउनुभयो । कृषिका हरेक क्षेत्रमा प्रविधि तथा उपकारणको आवश्यकता पर्छ सरकारले राम्रो नीति बनायो भने यसमा नेपाल आत्मनिर्भर हुन सक्ने उहाँले बताउनुभयो । कृषिको साना उपकारणमा अहिले पनि नेपाल आत्मनिर्भर रहेको छ तर सरकारले त्यतातिर ध्यान नदिएको गुनासो गर्नुभयो ।
    नेप्लिज सोसाइटी अफ एग्रीकल्चलरका इन्जिनियर देवराज निरौलाले कृषिसँग इन्जिनियरिङ जोडिएन भने त्यसको दिगो विकास गर्न नसकिने बताउनुभयो । सरकारले कृषिमा किसान तथा उद्योगीहरुलाई विभिन्न औजार तथा यन्त्रहरु अनुदान तथा सहुलियतमा दिन्छन् तर त्यो कहाँ कसरी प्रयोग भइरहेको छ त्यसको लेखाजोखा नरहेको उहाँले टिप्पणी गर्नुभयो ।
    किसानलाई प्रविधि तथा औजार दिएर हुँदैन त्यसलाई सञ्चालन गर्ने तालिम र प्रशिक्षण दिनुपर्ने सुझाव दिँदै उहाँले कृषि प्रविधिमा रहेका जनशक्तिले काम गर्ने अवसर पाउनुपर्ने बताउनुभयो । यदि जनशक्ति छैन भने जनशक्तिको व्यवस्था गर्न आग्रह गर्दै उहाँले कृषि मन्त्रालय विभिन्न आयोजनाहरु सञ्चालन गरिरहेको तर त्यहाँ प्रविधि जनशक्तिको अभाव रहेको दावी गर्नुभयो ।
    अनाजको अध्यक्ष किरण आचार्यको अध्यक्षतामा भएको कार्यक्रमा राजेन्द्र अधिकारी, कुमार कजसु श्रेष्ठ, देवराज निरौला, अनिलचन्द्र न्यौपानेलगायतको उपस्थिति थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित