FLASH NEWS
- Loading...
कोरोना प्रभावः ब्रोइलर कुखुराको मासुको मूल्य घट्यो
- कृषि टि.भी.
- २ साल अघि
- २० पटक पढिएको


निषेधाज्ञा जारी भएसँगै ब्रोइलर कुखुराको मासुको मूल्य निरन्तर ओरालो लागेको छ । निषेधाज्ञा अघि उच्च विन्दुमा पुगेको बोइलर कुखुराको मासुको मूल्य अहिले निरन्तर ओरालो लागेको हो । कोरोनाकै कारण मासुको मूल्यमा गिरावट आएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । मासु खपत हुने ठाउँ सबै बन्द हुदाँ दैनिक उपत्यकामा ३० र ४० प्रतिशत मात्र मासु खपत भइरहेको संघले बताएको छ । मंगलबार बाट लागु हुने गरी ब्रोइलर जिउँदो कुखुराको कोल्ड्स्टोर खरिद मुल्य १० रुपैयाँले घटेको छ । १० रुपैयाँले घटेर ब्रोइलर जिउँदो कुखुराको मासुको कोल्ड स्टोर मूल्य २ सय ४० रुपैयाँ पुगेको छ । यता तयारी मासुको मूल्यमा १५ रुपैयाले घटेर ३ सय ३० रुपैयाँमा पुगेको संघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
