- Loading...
बाढीले २० विगाहमा लगाएको तर्बुजा बगाएपछि बर्दिया बगहीगाउँका कृषक चिन्तित
- कृषि टि.भी.
- २ साल अघि
- १९ पटक पढिएको


गुलरिया नगरपालिका वडा नं ४ को बगहीगाउँमा कृषकहरुले व्यवसायिक रुपमा लगाएको तर्वूजा बाढीले बगाएको छ । बैशाख २९ गते राती एक्कासी खोलामा आएको बाढीले २० विगाहमा लगाएको तर्बुजा बगाएको हो ।

बर्दिया गुलरिया नगरपालिक वडा न. ४ को जब्द्धीघाट छेउमा बसोबास गर्दै आएका बगहीगाँउका थारु समुदायका एक सय घरधुरी कृषकहरु बगरमा तर्बुजा खेति गरिरहेका छन् । २० विघामा उनीहरुले तर्वुजा उत्पादन गर्दै आएका छन् । उनीहरुको मुख्य आयस्रोत भनेकै तर्वुजा खेति हो । तर, कोरोना महामारीका कारण जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाका कारण बगहीगाँउका कृषकहरुको उत्पादीत तर्बुजाको बजारिकरणमा समस्या भएपछि टिपेर पछि बिक्री गर्ने गरी बबई खोलाको छेउ बगर खेतमै राखेका थिए । तर, बैशाख २९ गते राती खोलामा आएको बाढीले एक सय घर धुरी कृषकहरुले लगाएको २० विघा क्षेत्रफल बराबरको बगर खेतको तर्बुजा बबई नदीले सबै बगाएर लगेपछि कृष झन चिन्तामा छन् । ५० लाख बराबरको क्षति भएको कृषकहरुले बताएका छन् ।
उनीहरुले पुर्खा देखी नै खेती गर्दै आएको बताउँछन् सोहनलाल चौधरी । अचानक आएको बाढीले सबै तर्वुजा बगाएर लगेपछि बचेको केही नदीको छेउमा बसेर बेचीरहेका छन् सोहनलाल।
कृषक राम बहादुर थारुले १ विघा १५ कठामा तर्वुजा लगाएका थिए । तर, सबै बाढीले बगाएर लगेपछि परिवार कसरी पाल्ने उनलाई चिन्ताले पिरोल्न थालेको छ ।
गुलरिया नगरपालिका वडा न. ४ भित्रको एउटा गाँउ हो बगहीगाँउ । वडा अध्यक्ष रामबहादुर रावल अचानक आएको बाढीले किसानलाई ठूलो क्षति पुगेको बताउँदै राज्यको ध्यान यतातिर जानुपर्ने बताउँछन् ।
त्यहाँ उत्पादित तर्बुजा बर्दिया जिल्ला साथै कैलाली जिल्लाको टिकापुर बजार र बाँके जिल्लाको नेपालगंज, कोहलपुरसम्म बिक्री गर्छन् ।

