- Loading...
गाँजासहित तीन पक्राउ
- कृषि टि.भी.
- २ साल अघि
- २४ पटक पढिएको


बाग्मती प्रदेशको राजधानी हेटौँडाबाट प्रहरीले लागुऔषध गाँजा ओसारपसारको कारोबारमा संलग्न एउटा ट्रकसहित तीनजना पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ट्रक चालक जिल्ला काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–५ बस्ने ४९ वर्षीय आइतेबहादुर ठाडामगर, मकवानपुर भीमफेदी गाउँपालिका–९ बस्ने ४१ वर्षीय ऐक्ला भन्ने राजकुमार तामाङ र मकवानपुर कैलाश गाउँपालिका–१० बस्ने ३६ वर्षीय सविन भन्ने सुबिन रुम्बा रहेका छन् ।

ना २ ख ९८६२ नम्बरको ट्रकको क्याभिनको भागको हुटमा फल्स बटम बनाई लुकाईछिपाई ल्याएको राखिएको १७ वटा पोकामा राखिएको करिब एक क्विन्टल लागुऔषध गाँजा सोमबार प्रहरीले पक्राउ गरेको थियो । सोही क्रममा पक्राउ परेका ट्रक चालक ठाडामगरलाई गरिएको अनुसन्धानपश्चात् सो कारोबारमा संलग्न अन्य दुईसमेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
विशेष सूचनाका आधारमा जिल्ला मकवानपुर हेटौँडा उपमहानगरपालिका–१ त्रिभुवन राजपथस्थित सडक खण्डमा नामटारतर्फबाट हेटौँडातर्फ आउँदै गरेको उक्त ट्रकलाई रोकी चेकजाँच गर्दा उक्त ट्रकमा लुकाई राखिएको अवस्थामा प्रहरीले गाँजा बरामद गरिएको थियो ।

