FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • काठमाडौं उपत्यकामा वितरण हुँदै आएको दुधको गुणस्तरमा सुधार आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको दाबी

    • कृषि टि.भी.
    • २ साल अघि
    • २४ पटक पढिएको
    काठमाडौं उपत्यकामा वितरण हुँदै आएको दुधको गुणस्तरमा सुधार आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको दाबी

    काठमाडौं उपत्यकामा वितरण हुदै आएको दुधको गुणस्तरमा सुधार भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । दूध र पानीको गुणस्तर विगतकोभन्दा धेरै नै सुधार आएको विभागले जनाएको हो । गुणस्तरमा पहिलेभन्दा ९५ प्रतिशत सुधार आएको विभागको दाबी छ । सरकारले दूधमा ३ प्रतिशत फ्याट र ५ प्रतिशत एसएनएफ हुनुपर्ने मापदण्ड तोकेको छ । तर, त्यसअनुसार यसअघि बजारमा जाने दूध वा दूग्धजन्य पदार्थ न्यून मापदण्डको पाइएको थियो । दुधको गुणस्तर घटाउन उद्योगीकै बदमासी देखिएपछि व्यापारीलाई विभागले सुधार गर्न निर्देशन दिएको थियो । त्यस्तै, पिउने पानी (बोलत र जार) को पनि गुणस्तर पहिलेको भन्दा धेरै सुधार भएको विभागको दाबी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित