FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ९ महिनामा ५ अर्ब ७६ करोड ८० लाख ३१ हजारको आलु आयात

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३६ पटक पढिएको
    ९ महिनामा ५ अर्ब ७६ करोड ८० लाख ३१ हजारको आलु आयात

    सरकारले कृषिजन्य वस्तुको उत्पादनमा आत्मर्निभर हुदै आयात प्रतिस्थापन गर्नै योजना ल्याएपनि कार्यान्वयन नहुदाँ तरकारीमाथिको परनिर्भर बढ्दै गएको छ । चालु आर्थिक बर्षको ९ महिनामा ५ अर्ब ७६ करोड ८० लाख ३१ हजार मूल्यको आलु आयात भएको छ ।

    कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुने सरकारले बताउँदै आएपनि बर्षैनी अबौं रुपयमा तरकारी आयातमा बाहिरीने गरेको छ । ९ महिनामा करिब ६ अर्ब मूल्य बराबरको आलु आयात भएको छ । चालू आर्थिक वर्ष २०७७ र ०७८ को पछिल्लो ९ महिनामा ५ अर्ब ७६ करोड ८० लाख ३१ हजार मूल्यको आलु आयात भएको छ । सो परिमाणको आलु भारत लगायत बंगलादेश, चीन, इन्डोनेसिया लगायतका मुलुकबाट आयात भएको हो । भन्सार विभागले जारी गरेको तथ्यांकअनुसार,चालू आवको साउनदेखि चैत मसान्तसम्मको अवधिमा सबैभन्दा बढी आलु आयात भारतबाट भएको छ । भारतबाट मात्रै ५ अर्ब ४१ करोड २ लाख ५५ हजार रुपैयाँ बराबरको आलु आयात भएको छ । त्यस्तै, उच्च परिमाणमा भारतबाटै बीउ आलु आयात भएको तथ्याङकामा उल्लेख छ । ९ लाख ७८ हजार रुपैयाँको बीउ आलु आयात भएकोा छ । त्यस्तै, बंगलादेशबाट ३५ करोड ४० लाख ७ हजार, चीनबाट २२ लाख ४ हजार र इन्डोनेसियाबाट ५ लाख ८७ हजार रुपैयाँको आलु आयात भएको विभागले जारी गरेको तथ्याङकमा उल्लेख छ । स्वदेशी उत्पादनले ५० प्रतिशत भाग धान्न पनि धौ धौ छ । सरकारले कृषिजन्य वस्तुमा आत्मनिर्भर र आयात प्रतिस्थापन गर्नै योजना ल्याउन तर, व्यवहारमा कार्यान्वयन गर्दैन । र, कृषि प्रधान देश नेपालमा बर्षैनि अर्बौ रुपैयाँ तरकारी लगायत अन्य कृषि उपज आयातमा बाहिरीन्छ । आलुको माग कति हुन्छ सम्बन्धित निकायसँग यकिन तथ्याङ्क छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित