- Loading...
आगमी बजेट साना किसान मैत्री हुने प्रदेश १ का कृषिमन्त्री रामबहादुर मगरको भनाइ
- कृषि टि.भी.
- २ साल अघि
- ३० पटक पढिएको


प्रदेश १ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले साना किसान मैत्री वजेट ल्याउने बताउनु भएको छ । एशोसिएशन अफ नेपाली एग्रिकल्चलर जर्नलिस्टले अयोजना गरेको भर्चुअल संवादमा उहाँले प्रदेश १ धेरै उत्पादनमा आत्मनिर्भर रहेको र बाँकी उत्पादनमा पनि छिटै आत्मनिर्भर हुने बताउनुभयो । संघ, प्रदेश र स्थानीय तहको बीचमा केही कामका लागि क्षेत्र विभाजन गरिएपनि सो विभागजना अनुसार काम हुन नसकेको बताउनुभयो । मन्त्री मगरले भूमी बैंकलाई व्यवहारिक रुपमा अगाडि बढाउने बताउँदै दुधमा विविधिकरण आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले माछा, दुध, मासु उत्पादनदेखि विदेशबाट फर्केका युवालाई कृषिमा आकर्षित गर्न नयाँ बजेटमार्फत कार्यक्रम ल्याइने बताउनुभयो । प्रदेश १ का नीति तथा योजना आयोगका उपाध्यक्ष सुवोध प्याकुरेलले कोरोनालाई विपत्तिको रुपमा नलिएर एउटा अवसरको रुपमा लिदै उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । त्यस्तै, कृषि उद्यमी पवन गोल्यानले धान बढी उत्पादन हुने प्रदेशमा धानको बिउ सधै समस्याको विषय रहेकाले सम्बन्धित निकायले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । गोल्यानले ठूला किसानलाई नभई सानालाई अनुदान दिएमात्र उत्पादन बृद्धि हुने जिकीर गर्नूभयो । कृषिमा भएको समग्र विकासको तथ्याङक सरकारसँग नभएकै कृषिमा ठिक ढंगले काम अगाडि नबढेको बताउनुभयो ।


