- Loading...
पूर्वी नाका काँकडभिट्टाबाट हुने आयात ह्वातै घट्यो
- कृषि टि.भी.
- २ साल अघि
- २६ पटक पढिएको


नेपालको पूर्वी नाका काँकडभिट्टाबाट हुने आयात ह्वातै घटेको छ । कोभिड संक्रमणको दोस्रो लहर तिब्र भएसंगै यस नाका हुंदै भारतबाट नेपाल आउने सामानको आयात घटेको हो । कोरोना संक्रमण फैलिँदै गएको भन्दै भारतको पश्चिम बंगाल राज्य सरकारले लकडाउन गरेको छ । यता दोस्रो लहरको कोभिडको संक्रमण झापामा पनि तिब्ररुपमा फैलिंदै गएपछि स्थानीय प्रशासनले गत चैत्र १४ गतेदेखि नाकामा कडाई गर्दै आएको छ । यस नाका हुंदै औषधि, खाद्यान्न, डिजेल, पेट्रोल, एलपी ग्यास तथा अक्सिजन बुलेटबाहेक कुनै पनि सामान र सवारी साधन आयात नभएको मेची भन्सार कार्यालयले जनाएको छ । कोभिडका कारण उद्योग धन्दा, कलकारखाना, बजार क्षेत्र पूर्ण रुपमा बन्द भएकाले यस नाकाबाट अत्यावश्यक बाहेकका सामान आयात भएको छैन । उद्योग धन्दा, कलकारखाना, बजार क्षेत्र पूर्ण रुपमा बन्द भएकै कारण नेपालमा पेट्रोलियम पदार्थको खपत नहुंदा साताको तिन दिन मात्र न्यून मात्रामा पेट्रोलियम पदार्थ आयात हुंदै आएको मेचि भन्सार कार्यालयले जनाएको छ ।।


