FLASH NEWS
- Loading...
बजार बन्द भएपछि खेतमै कुहियो खर्बुजा, मुला बिक्री नभएपछि खेतमै जोतेर नष्ट गर्न बाध्य किसान
- कृषि टि.भी.
- २ साल अघि
- २८ पटक पढिएको


कोरोना महामारीका कारण बजार बन्द भएपछि सर्लाहीमा किसानहरुले उत्पादन गरेको खर्बुजा कुहिने थालेको छ । राम्रो उत्पादन र आम्दानीको आशामा किसानहरुले भाडामा जमिन लिएर खर्बुजा खेति गरेका हुन् । खेतमा उत्पादन भएको खर्बुजा बिक्री गर्ने समयमा निषेधाज्ञा जारी भएपछि किसान मारमा परेका छन् । बैशाखको पहिलो साताबाटै खर्बुजा बिक्रीका लागि तयारी भएको थियो । त्यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का कृषकहरुले तयारी अवस्थामा रहेको मुला बिक्री नभएपछि खेतमै जोतेर नष्ट गरेका छन् । त्यहाँका किसानले व्यवसायीक रुपमा मुला, काउली, खुर्सानी, बन्दा, धनिया, गाजर ,आलु, प्याजलगायत खेती गरेका छन् ।


प्रतिक्रिया दिनुहोस
