- Loading...
निषेधाज्ञामा उपभोक्तालाई घर घरमा खाद्यान्न र तरकारी पु¥याउँदै मोरङगका सुभाष
- कृषि टि.भी.
- २ साल अघि
- ३१ पटक पढिएको


मोरङ बेलबारीका युवा सुभाष राईले घरघरमा खाद्यन्न र तरकारी पु¥याउन थालेका छन् । कोरोना चेनब्रेक गर्न जिल्ला प्रशासनले लगाएको निषेधाज्ञाका कारण बजारसम्म पुगेर दैनिक उपभोग्य सामाग्री किन्न नपाएका उपभोक्ताहरु लाई घर घरमै पुगेर राईले सामान विक्री गर्न थालेका हुन् ।

स्थानिय प्रशासनले कोरोना नफैलियोस भनेर लगाएको निषेधाज्ञका कारण बजार सम्म पुगेर खाद्यन्न,तरकारी सहजरुपमा किन्न नपाइरहेको बेलामा सर्वसाधरणको सुविधाका लागी मोरगं बेलबारीका एक युवाले मोवायल पसल सञ्चालनमा ल्याएका छन् । बेलबारी नगरपालिका ४ का सुभाष राईले निषेधाज्ञको समयमा पनी बेलबारीका स्थानियहरुलाई खाद्यन्न सामाग्रीहरु किन्न समस्या नहोस् भनेर नहोस् भनेर घर घरमै अत्यआवश्यक खाद्यन्न,तरकारी,फलफुल लगायतका सामानहरु गाउँ गाउँमै पुगेर विक्री गर्न थालेका हुन् । पाचँ वर्ष सम्म वैदेशिक रोजगारीका लागी कोरिया वसेर फर्केका सुभाषले आफ्नै गाउँ ठाउँमा ब्यवसाय गरौ भनेर सदाबहार कृषी मार्ट बेलबारी २ मालपोत छेउमा सटर लिएर तरकारी तथा फलफुलको थोक तथा खुद्रा पसल सञ्चालनको तयारी गरिरहेको समयमा निषेधाज्ञ सुरु भएपछी घर घरमै पुगेर खाद्यन्न, हरीयो तरकारी लगायतका सामानहरु बजारकै भाउमा बिक्री गर्न थालेका छन् ।
स्थानिय तरकारीलाईनै बजार सम्म ल्यएर विक्री वितरण गर्ने उद्धेश्यले कृषी मार्ट सञ्चालनमा ल्याएको उनले बताए ।
स्वास्थ्य,सुरक्षा सतर्कता अप्नाउदै घर घरमा तरकारी,फलफुल,खाद्यन्नहर घर घरमै ल्याई दिदा सहज भएको स्थानियहरुले बताएका छन् । स्थानिय ग्राहकहरुको सुविधाका लागी लकडाउन पछीपनी फोन गरेर अडर गरेमा निःशुल्क घर घरमै सर्भिस दिने राई बताउँछन् ।

