- Loading...
दोलखा भिमेश्वरका सुवेदी दाजुभाई भैसिपालनमा आवद्ध
- कृषि टि.भी.
- २ साल अघि
- २८ पटक पढिएको


दोलखा भिमेश्वर नगरापालिकाका राम हरी सुवेदी र उनका भाई अच्चुत सुवेदि व्यवसायिक भैसिपालनमा जुटेका छन् । आफू पनि स्वरोजगार बन्न र युवाहरुलाई पनि थप हौसला पुगोस् भनेर भैसीपालनमा लागेको उनीहरु बताउँछन् ।

दोलखाको भिमेश्वर नगरपालिका वडा न ५ का राम हरी सुवेदी र उनका भाइ अच्युत सुवेदी मिलेर आधुनिक गोठ निर्माण गरि भैसि पालनमा जुटेका छन । अहिले उनीहरुको फार्ममा १९ वटा भैसि छन । भाइ अभ्युत सुवेदी केहि समय वैदेशिक रोजगारको शिलशिलामा कतारमा थिए । तर भुकम्प, कोरोना जस्ता महामारी तथा प्राकृतीक विपत्ती आइलाग्दा आफ्नै गाउघरमा आउनुपर्ने अवस्था हुदा स्वयम आफु व्यावसायीक बन्न र अरुयुवाहरुलाइ प्रेरण मिलोस भनेर आफुहरुले भैसी पालन व्यावसाय सुरु बताउँछन् । राज्यले कृषि क्षेत्रलाइ सवल बनाउन युवा लक्षीत कृषिका कार्यक्रम र बजेट विनियोजन गर्नुपर्ने साथेै कृषिमा लाग्न चाहने युवाहरुलाई तालिम तथा आवस्यक ज्ञान र पुर्वाधारको बारेमा सामान्य ज्ञान भने आवश्यक रहने बताउछन राम हरि सुवेदी ।
सुवेदीका छिमेकी नेत्र बहादुर कार्कि दाजुभाइ मिलेर गाउमै भैसि फार्म सन्चालन गरेको खुशी व्यक्त गर्छन् । गाउँका अरु युावहरुलाइ पनि सुवेदी दाजुभाइको कामले गाउँमै काम गर्ने प्रेरण मिल्ने र युवाहरु स्वरोजगार तर्फ उन्मुख हुने धारण राख्छन् उनी ।
दोलखाको भीमेश्वर नगर पालिका पशुपालन बाहेक किवी खेती आलु खेती , कफी खेती, तथा फलफुलमा कागती, सुन्तला जस्ता खेतीका लागी उपयुक्त मान्निछ । रासायनिक मल तथा विसादिको प्रयोग अत्याधिक मात्रामा हुन थालेपछि त्यसको नियन्त्रणका लागि र आधुनिक कृषि प्रविधिको प्रयोग मार्फत किसानलाइ व्यावसायीक कृषिमा लाग्न प्रेरित गर्ने खालका बजेट प्राथमिकता पर्ने नगर पालिकाका कृषि शाखा प्रमुख बिष्नु चौलागाइले जानकारि दिनुभयो ।
साना किसानहरुको जीवनस्तर उकास्नका लागी सरकारले साना किसान लक्षित अनुदान वितरण गर्नुका साथै साना किसान लक्षित कृषि निती ल्याइ युवाहरुलाइ श्वरोजगार बनाउनु पर्ने देखिन्छ ।।

