- Loading...
हावाहुरी र असिनाले यस बर्ष लिच उत्पादन घट्यो
- कृषि टि.भी.
- २ साल अघि
- २९ पटक पढिएको


मोरंगको सुन्दरहरैंचाका ब्यबसायिक उद्दमी किसान नरेन्द्र कुमार राई बिगत २५ वर्ष देखि ३२ वटा लिचीको बोट भारतको मुजा फर्फुरबाट ल्याएर रोपेका थिए। अरु फलफुल बन्दा लिचिबाट राम्रो आम्दानि लिचिबाट हुने भएकोले लिचि खेति तर्फ आकर्षित बनेका छन्। उनि लिची मात्र होइन आँप, कागती, बयरका बोट पनि लगाएका छन्। २ बिघा क्षेत्रफल भित्रमा माछापालन समेत गरेका छन्। वडा (६ मा छेनु कृषि फर्म नामले दर्ता गरेको फर्म भित्र अहिले लिची फलेको देख्न सकिन्छ। गत बर्ष प्रति बोटबाट बार्षिक रुपमा १८ हजार देखि २५ हजार सम्म आम्दानी लिएपनि अघिल्लो बर्षको उत्पादन भन्दा यस बर्ष हावाहुरी र असिनाले गर्दा राम्रो लाभ लिचीबाट लिन नसकेको बताउछन।

उनको बारीमा उत्पादन भएको लिची इटहरी, बिराटनगर, धरान र स्थानिय बजारमा पुग्ने गर्छन। बजारीकरणमा कुनै समस्या नभएपनि बजारमा यसको मूल्य राम्रो भएपनि बिचौलियाको कारण १ रुपैयाँ ५० पैसा प्रति गोटाले बेच्ने गरेका छन्।कृषिको प्राबिधिक शिक्षा समेत हासिल गरेका राईले २५ बर्ष अघि रोपेको लिचीबोटले अहिले सम्म फल दिरहेका छन्। तुल्नात्मकरुपमा यसको बोट सानो हुने भएता पनि प्रसस्त फल लाग्दछन् । फल पाक्दा फलको बाहिरी रङ्ग रातो, गुदी सेतो र खाँदा स्वादिष्ट र गुलिया हुन्छन् । लिचिमा लाग्ने रोग बिशेष गरि लिची माइक र बोरर हुन्। अर्को तर्फ मुसा र धमिराले समेत दुस्ख दिने गरेको बताउछन।
लिची खेतीको लागि बलौट, दोमट माटोनै सवै भन्दा उपयुक्त हो तर निकासको राम्रो प्रबन्ध गर्न सके चिम्ट्याईलो र कालो माटोमा समेत खेती गर्न सकिन्छ। सोहि ठाउँका अर्का लिची किसान टेक बहादुर तमाङले पनि यस पालि लिचीबाट राम्रो लाभ लिन सकेन। लिचीमा लाग्ने रोगका लागि देशमा फैलिएको कोभिड (१९ भेरियन्टका निषेधज्ञाले ल्याउन नसकेको दुखेसो तमाङको छ।
लिचीको बोटले आवश्यकता अनुरुप पानी नपाएमा बिरुवाको बृद्धि रोकिने र पातहरु झर्ने हुन्छ। सुख्खा र गर्मी याममा बढी सिंचाईको जरुरी हुन्छ। सिंचाईको अभाव हुने ठाउँहरुमा फूल र फलहरु झर्ने र अडिएका फलहरु साना र पाक्ने अवस्थामा फुट्ने क्रम बढी हुन्छ। यस बर्ष लिची किसानले उत्पादन गरेको लिचीले बिचौलियाको लागि राम्रो आम्दानि रहेपनि किसानले उचित मुनाफा पाउन सकेन। अर्को तर्फ लिचिमा लाग्ने किरा र असिना पानी हावाहुरीले समेत उत्पादन घटेको किसानहरुको गुनासो छ ।

