- Loading...
गुलरिया नगरपालिकाले ७५ प्रतिशत अनुदानमा १० हजार ८ के.जी राधा ४ उन्नत मुल विउ वितरण
- कृषि टि.भी.
- २ साल अघि
- २१ पटक पढिएको


शिवा शार्मा, गुलरिया । बर्दिया जिल्ला गुलरिया नगरपालिकाको कृषि विकाश शाखाले कृषकहरुलाई १९ लाख ८० हजार ८ सय ७५ रुपैयाको ३ हजार ४ सय ४५ के. जी हाईब्रेट धानको विउ वितरण गरेको छ । गुलरिया नगरपालिकाका भित्रको १२ वटा वडाका कृषकहरुलाई संघिय सरकारको स्वीकृत आर्थिक बर्ष २०७७÷०७८को बजेट अनुसार बालि विकाश शाखा जैविविधता कार्यक्रम हरिहर भवनको शर्सत ५० प्रतिशत अनुदानमा उन्नत विउ उपलब्ध गराएको हो । त्यसै गरी गुलरिया नगरपालिकाको आन्तरिक बजेट अन्र्तगत निर्शत ७५ प्रतिशत अनुदानमा ५लाख ७५ हजार ४ सय ४० रुपैया बराबरको १० हजार ८ के.जी राधा ४ उन्नत मुल विउ वितरण गरेको छ । शर्सत र निर्सत दुबै गरी १३ हजार ४ सय ५३ के.जी वितरण गरीएको छ । कृषि विकाश शाखाको लक्ष्य अनुसार उन्नत विउ र मुल विउ वितरण गरीएको नगरपालिका कृषि शाखाले जनाएको छ ।

किसानहरुलाई हाईब्रेट जातका धान ५० र ७५ प्रतिशत अनुदानमा वितरण गरीएको हो । आगामी दिनमा किसानहरुलाई आवश्यक पर्ने बिउको साथै रसायनिक मलको पनि सहजै व्यवस्था गरीदिन झन सहज हुने किसानहरु बताउँछन् ।
गुलरिया नगरपालिकाले विउ वितरण गरेको थाहा पाएपछि आफूपनि बिउ लिन आएको बताउँछन् रमेश लोध ।
गुलरिया नगरपालिका कृषि विकाश शाखाले – गुलरिया नगरपालिका भित्र ७ हजार १ सय ४० हे. क्षेत्रफल खेति योग्य जमिन रहेको र त्यस मध्ये ४ हजार हे. जमिनमा धान खेति हुँदै आएको जनाएको छ ।

