- Loading...
प्रदेशस्तरीय कृषि विकास रणनीति तयार हुँदै
- कृषि टि.भी.
- २ साल अघि
- २५ पटक पढिएको


प्रदेशस्तरीय कृषि विकास रणनीतिको सुरुवात लुम्बिनी प्रदेशबाट हुने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अगुवाई तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग अन्तर्गतको किसान– २ परियोजनाको संयुक्त पहलमा सो निर्णय भएको हो । निर्णय अनुसार, प्रदेशस्तरीय कृषि विकास रणनीीतको लागि प्रदेश अनुसारको भौगोलिक, जैविक एवं कृषि जैविक विविधता, त्यहाँका सम्भावना तथा चुनौतीलाई प्राथमिकतामा राखिने छ । प्रस्तावित प्रदेशस्तरिय कृषि विकास रणनीतिले समग्र प्रदेशको बर्तमान कृषिको अवस्था सिंहालोकन गर्ने, तिनै तहका सरकारका नीतिहरुको पुर्नवालोकन गर्ने राष्ट्रिय लक्ष्य र यसलाई परिपूर्तीको लागी आवश्यक पर्ने क्षेत्रगत रणनिति, उद्देश्य, नीति, आवश्यक आर्थिक र भौतिक श्रोतको रणनितिक मार्गचित्र प्रस्तुत गर्नेछ । देशमा संघियता लागू हुनु पूर्व तयार भई कार्यान्वयनमा आएको कृषि क्षेत्रको मूल नीतिको रुपमा रहेको कृषि विकास रणनितीमा समावेश भएका विषयहरुलाई प्रदेशस्तरमा त्यस क्षेत्रको सम्भाव्यता र आवश्यकता अनुसार विस्तृतिकरण गर्न लागीएको हो ।


