FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बर्दिया जिल्लामा पहिलो पटक व्यवसायिक हाँस पालन सुरु

    • कृषि टि.भी.
    • १ साल अघि
    • १८ पटक पढिएको
    बर्दिया जिल्लामा पहिलो पटक व्यवसायिक हाँस पालन सुरु

    बर्दिया जिल्लामा पहिलो पटक व्यवसायिक रुपमा हाँसपालन सुरु भएको छ । गुलरिया नगरपालिका वडा नं १२ का २५ बर्षिया यूवा सहरुन आलमले ब्यवसायिक हाँसपालन सुरु गरेका हुन् ।


    बर्दिया जिल्लामा व्यवसायिक हाँस पालन सुरु भएको छ । हालसम्म व्यवसायिक रुपमा हाँस पालन भएको थिएन । बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा न. १२ का २५ वर्षिय यूवा सहरुन आलमले ब्यवसायिक हाँसपालन सुरु गरेका हुन् । उनले कृषि जी.टि पढेका हुन् । उनले चाईनिज प्याकिंङ्ग जातको हाँसको ६ सय वटा चल्ला पोखराको ह्याचरी बाट ल्याएर ब्यवसाय सुरु गरेका छन । बर्दिया जिल्लामा हाँस्को मासु र अण्डा खाने प्रचलन नभएकाले उनले उत्पादन गरेका अण्डा र मासु पोखरा र काठमाडौंमा वेच्ने योजनामा छन् ।

    पहिला परम्परा रुपमा हाँस पालन गरीन्थ्यो भने अहिले व्यवसायिक रुपमा पनि हाँस पालन व्यवसाय फस्टाउँदै छ । बजारमा हाँसको मासु र अण्डाको माग बढेकाले यस व्यवसायको भविष्य उज्वल रहेको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाका पशु विकास अधिकृत डा. सुमन खनाल बताउँछन् ।

    आलमले चार लाख लगानीमा हाँस पालन व्यसाय सुरु गरेका हुन् । हाँसले ४ देखी ५ महिना पछि अण्डा दिन सुरु गर्छ भने दुई वर्षसम्म अण्डा दिन्छ । हाँसको मासु खानाले मुटुरोगी ,बाथरोगीका लागि फाईदाजनक हुने र अण्डा खानाले आँखा रोगीका लागि राम्रो मानिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित