FLASH NEWS
- Loading...
काठमाडौंको कीर्तिपुर र चन्द्रागिरीमा पुनः बर्डफ्लु संक्रमण पुष्टि
- कृषि टि.भी.
- १ साल अघि
- १३ पटक पढिएको


काठमाडौंमा पुनः बर्डफ्लु संक्रमण पुष्टि भएको छ । काठमाडौंको कीर्तिपुरस्थिति दुई ठाउँ र चन्द्रागिरीमा पालिएको टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । कीर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरीको एक ठाउँमा सोमबार बर्डफ्लु संक्रमण पुष्टिपछि पन्छी नष्ट गर्न टोली खटाइएको विभागका सूचना अधिकारी डा.चन्द्र ढकालले जनाकारी दिनुभयो । करीब ८ सय टर्की नष्ट गर्न र सो क्षेत्र निसंक्रमण गर्न प्राविधिक खटाइएको छ । अस्वभाविक रुपमा टर्की मृत्युको सूचना पछि विभागले नमुना संकलन गरेर केन्द्रीय प्रयोगशालामा रियलटाइम पीसीआर विधिबाट गरेको परीक्षण बर्डफ्लु पुष्टि भएको हो । काठमाडौंको तारकेश्वर, ललितपुरको नख्खु लगायतका क्षेत्रमा केही महिना अघि लोकल कुखुरा र टर्कीमा बर्डफ्लु पाइएको थियो ।।


प्रतिक्रिया दिनुहोस
