
- Loading...
निषेधाज्ञाका कारण मल गोदामै थन्किदाँ किसान चिन्तित
- कृषि टि.भी.
- १ साल अघि
- ११ पटक पढिएको


निषेधाज्ञामा पनि मलको आपूर्ति किसान समक्ष सहज भैरहेको सरकारले बताए पनि किसानहरुले भने मल नपाएको गुनासो गरेका छन् । अहिले चैते धानमा मल राख्ने समय हो । तर, बजारसम्म मल लिन जान किसानहरुले पाएका छैन । निषेधाज्ञाका कारण सवारीसाधन सञ्चालन ठप्प हुदाँ मल बजार पुगेर ल्याउन नसकिएको किसानहरुले गुनासो गरेका छन् । उताँ धानमा मल हाल्न नपाएपछि उत्पादन घट्ने मात्र नभई बोट समेत नसप्रिने हुनाले पराल पनि गतिलो नहुने चिन्ता किसानहरुमा छ । किसानहरुलाई अब लगाउने बालीका लागि पनि मल नपाइने होकि भन्ने चिन्ताले पिरोल्न थालेको छ । यता, स्थानीय सहकारीहरुपनि मल छैन भन्दै पन्छिन थालेका छन् । वर्षा सिजनको सुरुआतमै मल पाउन मुस्किल भएपछि किसानलाई गत वर्षजस्तै मल अभाव भोग्नुपर्ने होकि भन्ने त्रासमा छन् । जिम्मेवारी पाएको साल्ट्रेडिङ कर्पोरेसन भने मल अभाव नरहेको र गोदाममा मौज्जाद टन्न रहेको दाबी गर्छ । कर्पोरेसनसँग मात्रै करीब ४४ हजार मेट्रिकटन मल मौज्दात छ । कृषि सामग्री कम्पनी लिमिटेड र कर्पोरेसन सँग एक लाख मेट्रिकटन भन्दा बढी मल गोदाममा रहेको साल्ट ट्रेडिङले जनाएको छ । वितरणको उचित प्रवन्ध नगर्दा समस्या देखिएको हुन सक्ने कर्पोरेसनको दाबी छ ।


