FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • अज्ञात रोगले घारमै मर्न थाले मौरी

    • कृषि टि.भी.
    • १ साल अघि
    • २७ पटक पढिएको
    अज्ञात रोगले घारमै मर्न थाले मौरी

    हुम्लाको सिमकोट गाउँपालिका–७ जबुका गाउँमा अज्ञात रोगका कारण मौरी घारमै मर्न थालेका छन् । लामो समयदेखि मौरीपालन व्यवसाय गर्दै आएका कृषकको अज्ञात रोगका कारण घारमै मौरी मर्न थालेका छन् ।

    व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका वडा नं ७ का गोइते सिंहका २० घारमध्ये पाँच घारमा अज्ञात रोगले मौरी मरेका वीरबहादुर सिहंले जानकारी दिए । अज्ञात रोगले घारभित्रै मौरी मर्न थालेपछि चिन्ता बढेको सिंह बताउँछन् । मौरीपालन गरेका सिंहले मह र मौरीका घार बेचेर राम्रो आम्दानी हुने गरेको जानकारी दिए ।

    एक्कासि मौरी मर्न थालेपछि व्यवसाय नै चौपट होलाजस्तो भएको छ उनलाई । मौरी के कति कारणले मरे भन्नेबारे अहिलेसम्म कुनै जानकारी हुनसकेको छैन । हुम्लामा एक माना महको एक हजार देखि एक हजार दुई सयसम्म मूल्य पर्ने गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित